G.N.S.C.F को चौथो शिखर सम्मेलनमा १५ देशबाट सहभागी हुने, तयारी पूरा

थाइल्याण्डमा सुरु हुन लागेको विश्वव्यापी नेपाली भाषी इसाई संगति अथार्त (जि.एन.एस.सि.एफ)को चौथो शिखर सम्मेलन १५ देशबाट पास्टर तथा अगुवा ज्यूहरु सहभागी हुने विश्वप्यापी नेपाली भाषाी इसाई संगतिकाअध्यक्ष भद्र राईले जानकारी दिनुभयो ।


विश्वका विभिन्न देशहरुमा स्थापना भएका नेपाली भाषाी मण्डलीहरुको सहभागीतामा आयोजना गरिएको उक्त शिखर सम्मेलन जुलाई २५ देखि २७ सम्म थाइल्याण्डको बैँककमा सम्पन्न हुनेछ ।


चौथो शिखर सम्मेलनमा प्रमुख वक्ताको रुपमा पा.जेनेथ खालिङ राई भारतबाट, पा.कुमार क्षेत्री नेपालबाट, पा.नोर्बु तामाङ अमेरिकाबाट रहनुभएको छ भने पा.दनिलो फिलिपिन्सबाट हुनुहुन्छ ।


विश्वका विभिन्न देशमा रहनुभएका नेपाली भाषाी इसाईहरु एकतामा रहेर संगति गर्ने उद्देश्यले स्थापना भएको (जि.एन.एस.सि.एफ)को पहिलो शिखर सम्मेलन सन् २०१७ मा भारतको सिलगुडीमा सम्पन्न भएको थियो ।

सन् २०१९ मा काठमाण्डौँ र सन् २०२२ मा भारतको सिकिम्म राज्यमा सम्पन्न भएपछि चौथो शिखर सम्मेलन थाइल्याण्डमा हुन लागेको हो ।


विश्वव्यापी नेपाली भाषाी इसाई संगतिका अध्यक्ष पास्टर भद्र राईको अनुसार चौथो शिखर सम्मेलनको सम्पूर्ण तयारी करिब पुरा भएको छ । पास्टर भद्र राईले भन्नुभयो, “करिब हाम्रो तयारी पूरा भएको छ । ५०० जनाको सहभागीतामा सम्मेलन सम्पन्न गर्ने हाम्रो योजना थियो । त्यसै अनुरुप हामीले तयारी गरेका छौँ । नेपाल र भारतबाट धेरै जना सहभागी हुने अनुमान गरिएको छ ।”

यस वर्ष शिखर सम्मेलनमा आराधनाको लिड हङकङको टिमले गर्ने भएको छ । त्यसैगरी सम्ेलनमा विश्वव्यापी नेपाली भाषाी इसाई संगतिको संक्षिप्त इतिहास नामक पुस्तकप पनि विमोचन हुनेभएको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button