अन्तरधार्मिक शान्ति महासंघको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

असोज २६ ।। नेपालमा धार्मिक सद्भाव कायम राख्नको लागि स्थापना भएको अन्तरधार्मिक शान्ति महासंघले पाँचौ वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।


नेपालमा प्रचलित सबै धार्मिक समुदायका धर्म गुरुको प्रतिनिधित्व रहेको अन्तरधार्मिक शान्ति महासंघले आज शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी पाँचौ वार्षिक साधारण सभा सम्मपन्न गरेको हो ।


सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नको लागि पछिल्लो समयमा महत्वपूर्ण भूमिका खेलेको अन्तरधार्मिक शान्ति महासंघले साधारण सभामा वर्षभरी गरेको कार्यबिवरण सहित आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेको छ । संस्थाले नेपालमा धार्मिक सद्भाव भट्काउने प्रकारको गतिविधिलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका समेत खेलेको छ ।


अन्तरधार्मिक शान्ति महासंघलका केन्द्रिय अध्यक्ष राम भक्त कुरुम्बाङको सभाध्यक्ष रहेको साधरणसभा कार्यक्रममा प्रमुख अथितिको रुपमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मा रहनुभएको थियो । त्यस्तै अथितिहहरुमा गैरसरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेल लगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु रहनुभएको थियो ।


कार्यक्रमका प्रमुख अथिति देबराज विश्वकर्माले अन्तरधार्मिक शान्ति महासंघले नेपालमा धार्मिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेलको बताउनुभयो । उहाँले जातीय छुवाछुत जस्ता अमानवीय क्रियाकलापलाई पनि अन्तरधार्मिक शान्ति महासंघले न्यूनिकरणको बाटो देखाउनु पर्ने सुझाव दिनुभयो ।


कार्यक्रममा अथितिको रुपमा रहनुभएका अन्य धर्मगुरुहरुले पनि एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको आस्थाको कदर गर्नुपर्ने बताउनुभएको छ । सबैले आफ्नो मात्र भन्नुभन्दा पनि सबै धार्मिक समुदायको आस्थालाई हाम्रो भनेर सोच्ने हो भने धार्मिक सद्भाव खलबलिने कुनै पनि क्रियाकलपा नहुने धर्मगुरुहरुको आशाय रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button