अन्तराष्ट्रिय विद्यार्थीहरु र नेपाली मण्डलीका युवा वीच अन्तरक्रिया

काठमाण्डौँ, २१ जेठ ।। एन.सि.एफ.नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीसँग छलफल तथा तथा अन्तरक्रिया गरेको छ ।


युवा आयोगले एन. सि.एफ.नेपालको केन्द्रिय कार्यालयमा विभिन्न देशका कलेज तथा विश्वविध्यालयका विध्यार्थीहरू र काठमण्डौका विभिन्न कलेजहरूमा अध्ययनरत नेपाली विध्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको हो ।


अन्तरक्रिया कार्यक्रमा मुख्य वक्ताका रुपमा रहनुभएका पा.डा.शेथले विध्यार्थीहरूका “करियर भर्शेस कलिंग” -Career Vs Calling_को विषयमा व्यवाहारिक र बाइलीय शिक्षा शिक्षा दिनुभएको थियो ।


विभिन्न देशका बिध्यार्थीहरूले वचन, जीवन गवाही, गीत, नाच प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले सामुहीक रुपमा देशका युवाहरुको निम्ति प्रार्थना समेत गरेका थिए ।


अन्तरक्रिया कार्यक्रममा एन.सि.एफ.नेपालका केन्द्रिय अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथी रेभ हनोक तामांग ज्युले आफ्नो सम्वोधनका क्रममा “देशको आशा केवल मण्डली हो र मण्डलीका खम्बाहरू आजका युवा विध्यार्थी रहेको बताउनुभयो । ”


त्यसैगरी एन.सि.एफ.नेपाल युवा आयोगका अध्यक्ष लाजरस तामाङले अन्तराष्ट्रिय अन्तरक्रिया कार्यक्रमले नेपाली मण्डलीका युवाहरु र अन्राष्ट्रिय युवाहरुको सम्बन्धलाई समधुर बनाउने बताउनुभयो । उहाँले आउने दिनहरुमा नेपाली मण्डलीका युवाहरु पनि विद्यालय छुट्टीको समयमा विभिन्न ठाउँमा सेवाका लागि जानुपर्ने बताउनुभयो ।


“सम्बन्ध, संगती र सहकार्यले सेवाकाईमा लाग्न युवाहरूलाई थप प्रेरणा, उत्साह र उर्जा मिल्ने र आगामी दिनहरूमा युवा सेवाकाईको पाललाई तन्काउनु जानु पर्छ।” यस एन. सि.एफ. नेपाल युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगले बताउनु भयो ।


एन.सि.एफ.नेपालका महासचिव पा.शेर ए.सी.को प्रार्थानाद्रारा सुरू भएको, यस कार्यक्रमका यस कार्यक्रमलाई मन्दिपले संचालन गर्नु भएको थियो भने आराधना मण्डलीका आराधना लिडर शेखर जंगले स्तुति प्रशंसा तथा आराधनामा डोर्याउनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button