आइ.एन.एस.एल टी द्वारा चौथो इसाई साहित्य कार्यक्रम

काठमाण्डौँ, २९ भदौ ।।
आइ.एन.एस.एल.टी ले चौथो इसाई साहित्य कार्यक्रम सम्पन्न गरेको छ । विश्वभरी छरिएर रहेका नेपाली भाषिक इसाई साहित्यकारहरुलाई उत्साहित र प्रोत्साहन गर्ने उद्देश्यले भर्चुअल माध्यमबाट चौथो इसाई साहित्य कार्यक्रमको आयोजना गरेको हो ।


आज शनिबार नेपाली समय अनुसार बेलुकी ६ ः १५ बजेदेखि नेपाली भाषिक इसाई साहित्य कार्यक्रम सुरु गरेको हो । इसाई साहित्य कार्यक्रममा विभिन्न देशमा रहेका नेपाली भाषिक इसाई साहित्यकारहरुले आफ्नो विधामा कविता, गजल र गीत प्रस्तुत गर्नुभएको छ ।


आइ.एन.एस.एल.टी ले सेवकाईको विभिन्न विधामा सेवा पुर्याउनेक्रममा नेपाली इसाई साहित्यलाई प्रोत्साहन दिदँै आएको छ । यस चौथो साहित्यक कार्यक्रममा सहभागी भएर आत्मा बचाउने साहित्य प्रस्तुत गर्न पाउँदा इसाई साहित्कारहरु उत्साहित हुनुभएको छ ।


आउनेदिनहरुमा पनि इसाई साहित्यलाई प्रत्साहन दिन यस्तै साहित्यक कार्यक्रमको आयोजना गर्ने समेत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button