इसाई समाज सुर्खेतले बुझायो कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र

असार २३ (२०८०) सुर्खेत
सुर्खेत इसाई समाजले कर्णाली प्रदेश सरकारले कणार्लीका १० वटा जिल्लामा रहेका चर्चहरुलाई समान रुपमा बजेट विनियोजन गर्न माग राख्दै ध्यान आर्कषण तथा ज्ञापनपत्र बुझाएको छ ।


कर्णाली प्रदेश इसाई समाज समन्वय समितिका अध्यक्ष तथा सुर्खेत इसाई समाजका अध्यक्ष पास्टर पदम गैरेको नेतृत्वमा शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री माननीय राजकुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएको हो ।


ज्ञापन पत्रमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/ ०८१ वर्षिक विकास कार्यक्रमको बजेट विनियोजन विवरण जानकारी आए संगै कर्णाली प्रदेशमा रहेका ५० हजार बढि इसाई समुदायको चित्तबुज्दो बजेट बिनियोजन नभएको कुरा उल्लेख गरेको छ ।
प्रदेश सरकारले कर्णाली प्रदेशको २ वटा चर्चलाई १० लाखको दरले बजेट विनियोजन गरेतापनि त्यसको कार्यन्वयनमा जटिला निम्ताएको छ । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ख्रीष्टियन समुदायको धार्मिक स्थिल संरक्षण र चर्च प्रवद्धनको लागि पुनःबजेट सच्याएर सम्बोध गरिदिन सुर्खेत इसाई समाजले आग्रह गरेको छ ।


नेपालमा विभिन्न जाति, भाषा, र धार्मिक समुदायको बसोबास रहेकोले सरकारले सबै धार्मिक समुदायलाई समान व्यवाहार गर्न सुर्खेत इसाई समाजको आग्रह छ । इसाई समुदाय एक शान्ति प्रिय, सरकारको विरुद्धमा नारा जुलुस नगरि विरोध समेत नगर्ने र सरकारलाई हरेक प्रकारले देश विकासको लागि प्रार्थनको साथ सहयो गर्ने समुदाय भएकाले इसाई समुदायको आस्थाको कदर गर्नुपर्ने कर्णाली प्रदेश सरकारको जिम्मेवारी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।


धार्मिक संरक्षणको लागि प्रदेश सरकारबाट विनियोजन हुने बजेट सबै धर्म र संस्कृति संरक्षण हुने गरी बजेट विनियोजन गर्न आग्रह गैर्दै कर्णाली प्रदेशमा रहेका सम्पूर्ण इसाई समुदायको अधिकारकोलागि समाजले प्रार्थना भवन निर्माण गर्न, समाधिस्थिलको व्यवस्था गर्न, सबै धर्म गुरुहरुको सहकार्य र सद्भावको मञ्च स्थापना गर्न, लगायतका विषयलाई समेटेर विभिन्न ५ वटा विषयमा माग राखेको छ ।

Related Articles

One Comment

  1. धन्यवाद छ , हरिज्यू , कर्णाली को आवाज उठाई दिनु भएको मा धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button