उपत्यकाब्यपाी ईस्टर महोत्सव आयोजक समितिले प्रस्तुत ग¥यो प्रतिवेदन

काठमाण्डौँ १९ ।। वैशाख
काठमाण्डौँ, भक्तपुर, ललितपुर गरी ३ वटा जिल्लाका विभिन्न मण्डलीको सहभागीतामा चैत्र १८ गते बृकुटी मण्डपमा आयोजित ईस्टर महोत्सवको प्रतिवेदन मुल आयोजक समितिले प्रस्तुत गरेको छ ।


तीन वटा जिल्लाका संघसंस्था र चर्चहरुबाट ईस्टर महोत्सव सफल पार्नको लागि करि २१ लाख बराबरको रकम सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुल आयोजक समितिको अनुसार गत वर्षको भन्दा यो वर्ष ईस्टर महोत्सव सभ्य र भव्य रुपमा सफल भएकोछ । आउने दिनहरुमा अझै पनि ईस्टर महोत्सव भव्यरुपमा मनाउनको लागि काठमाण्डौँ भ्यालीका सबै चर्चहरु एक हुनुपर्ने आयोजक समितिले बताएको छ ।


डा.रेभ. पास्टर तेज रोक्का संयोजक रहेको इस्टर महोत्सव मुल आयोजक समितिले मंगलबार काठमाण्डौँको पुतलीसडक चर्चमा पास्टर अगुवाहरुलाई भेला गरी प्रतिवेदन प्रस्तुत गरेको हो । मुल आयोजक समितिले ईस्टर महोत्सव कस्तो रह्यो र अब आउने दिनहरुमा सुधार गर्नु पर्ने कुराहरु के छन् भन्ने विषयमा राय लिएको छ ।


ईस्टर महोत्सवमा मुल आयोजक समितिले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । ईस्टर महोत्सवमा सहभागीहरु मध्येमा ८२४ जनाले रक्तदान गरेका थिए । गत वर्षको भन्दा यो वर्ष रगत दान गर्नेहरुको संख्यामा पनि बृद्धि आएको छ भने ईस्टर महोत्सवमा पनि धेरै जना सहभागी भएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button