एन.सि.एफ नेपालको भूतपूर्व अध्यक्षको बाइबलीय शिक्षामा असहमती

काठमाण्डौँ, १७ जेठ ।। नेपाल राष्ट्रिय मण्डली संगतिका भूतपूर्व अध्यक्ष शामुएल शर्मा ९सुमन० को बाइबलीय शिक्षाप्रति असहमती जनाएको छ ।


विहिवार प्रेस विज्ञिप्ति सार्वजनिक गर्दै नेपाल राष्ट्रिय मण्डली संगतिले पूर्व अध्यक्ष शामुएल शर्मा सेभन्थ डे एड्भान्टिस्ट नामक समूहको शिक्षा र शिद्धान्तमा सामेल भएको भन्दै असहमती जनाएको हो ।

सेभन्थ एड्भान्टिस्ट नामक समूहको शिक्षा–सिद्धान्तमा लागी नेपाल राष्ट्रिय मन्डली सङ्गतिलगायत अन्य संघ–संस्था तथा सम्प्रदायहरूसँग सम्बद्ध मन्डलीहरूलाई विभिन्न किसिमको प्रलोभनमा पारी त्यस समूहमा समाहित गराउने कार्यमा लागेका हुनाले र उक्त समूह बाइबलीय शिक्षा– सिद्धान्तभन्दा फरक तरिकाले अभ्यास गर्ने र विश्व मन्डली समुदायले उक्त समूहलाई झुटा शिक्षा हो भनी पहिचान गरेको छ ।

मण्डली सङ्गतिले केन्द्रीय कार्यालयमा भूतपूर्व अध्यक्षहरूको सम्मान स्वरूप राखिएका तस्बिरहरूको समूहबाट शामुएल शर्माको तस्बिर समेत हटाएको विज्ञप्तिमा उल्लेख गरेको छ भने सेभेन्थ डे एड्भान्टिस्ट समूहमा संलग्न भई आफ्नो मन्डलीको नाउँसमेत परिवर्तन गरेका नेपाल राष्ट्रिय मन्डली सङ्गतिका सदस्य मन्डलीहरूको सदस्यता खारिज खारेज गरेको समेत जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button