ऐतिहासिक अभिषेक कार्यक्रम सम्पन्न

दाङ जिल्लाको घोराहीमा रहेको अनुग्रह सु–समाचार मण्डलीको आयोजना तथा ख्रीष्ट महिमा मण्डलीको सहकार्यमा घोराहीको सभागृहको हलमा आज वि.सं. २०८१ जेठ ९ गतेका दिन रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूको प्रमुख आतिथ्यमा “रेभरेन र पाष्टर अभिषेक तथा रेकर्ड प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम” दाङ जिल्ला भरिका करीब ५०० भन्दा बढ़ी सेवक, पाष्टर तथा अगुवा र सहभागीहरुको प्रत्यक्ष उपस्थितिमा दाङ जिल्लाकै ऐतिहासिक १ दिने कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

अनुग्रह सुसमाचार मण्डलीका पाष्टर, घोराही नगर इसाई समुदायका अध्यक्ष, निट स्टडिज विश्वविद्यालय लुम्बिनी प्रदेशका निर्देशक तथा आफ्नो ब्याचका गोल्ड मेडलिष्ट पा. भुप बहादुर घर्ती मगर ज्यूको सभाध्यक्षता र आदरणीय गुरुआमा श्री सिता शाह, रेभ. महेश राम लावड, पा. सालिक राम शाहु, पा. राम बहादुर पुन, श्री दुर्गा देवी लुहार, पा. श्रवण कुमार राना, पा. नरेन्द्र बराल, पा. उदय स्वर्णकार, आदरणीय दिदी मिना सिंह, श्री सन्जय ओड आदिको विशिष्ट आतिथ्यमा सुरु भएको कार्यक्रमको उद्घोषण श्री सरस्वती प्रधानले गर्नुभएको थियो ।

जवान अगुवा सरु घर्ती र जवान झुण्डले आराधनामा अगुवाई गरेको कार्यक्रमको सुरुको प्रार्थना बरिष्ठ पा. नर बहादुर शाह ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि ज्यूले वचनको सेवासहित जवान अगुवा श्री श्याम घर्तीलाई पाष्टरको तथा पा. भुप बहादुर घर्ती र पा. श्रवण कुमार रानालाई आधिकारिक प्रमाण–पत्रसहित रेभरेनको अभिषेक प्रार्थनाद्वारा गर्नुका साथै रेभ. भुप बहादुर घर्तीलाई रेडियण्ट ट्यालेण्ट बुक अफ रेकर्डस्द्वारा ह्युमन सर्भिसमा सोसल एक्टिभिष्टको र सेविका सावित्रा कुमारी घर्तीलाई सोसल वर्करको पदक र प्रमाण–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

केही विशिष्ट अतिथि महोदय ज्यूहरुले कार्यक्रममा अभिषिक्त जन र रेकर्ड प्रमाण–पत्र ग्राहीहरुलाई सेवाको सफलताको शुभकामना र बधाई दिँदै उत्तरोत्तर प्रगतिको संक्षिप्त मन्तव्य राख्नुभएको थियो भने अन्तमा सभाध्यक्ष ज्यूले धन्यवाद ज्ञापनसहित उक्त कार्यक्रमको समापन गर्नुभएको जानकारी निट स्टडिज विश्वविद्यालयका प्रकाशनीक अधिकृत पा. खुसी राम चौधरीले दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button