ओमेगा चर्चका पास्टर मत बहादुर गुरुङको निधन

असार १५ (२०८०) मोराङ
ओमेगा चर्च उर्लाबारी मोराङका बरिष्ठ पास्टर मत बहादुर गुरुङ (मनी) को ५९ वर्षको उमेरमा निधन भएको अभिशेष मण्डली उर्लाबारी मोराङका पास्टर रबिन खड्काले जानकारी दिनुभयो ।


इलामका मण्डलीहरुलाई भेटघाट गर्न जानेक्रममा बल्टप्रेसर हाइ भएर बाटोमै लडेका पास्टर मत बहादुर गुरुङको बिर्तामोड स्थित बि.एन सी अस्पतालमा उपचारको क्रमममा हिजो विहान निधन भएको हो ।


२०५१ सालमा बेथस्ता मण्डली स्थापना गरी पास्टरीय सेवा पु¥याउनु भएका पास्टर मत बहादुर गुरुङले हाल ओमेगा चर्चमा रहेर परमेश्वरको सेवालाई निरन्तर अगाडि बढाइ रहेको अभिशेष मण्डलीका पास्टर रबिन खड्काले जानकारी दिनुभयो ।


पास्टर रबिन खड्काको अनुसार, पास्टर मत बहादुर गुरुङ लामो समयदेखि पास्टरीय सेवाकाईमा आफूलाई सर्मण गर्नुभएको थियो । उहाँले विभिन्न सेमिनारहरु सञ्चालन गर्ने, आत्मिक जागृतिको लागि विभन्न तालिमको आयोजना गर्ने र प्रशिक्षकको रुपमा रहेर पनि काम गर्नुभएको थियो ।


मोराङमा रहेका इसाई समुदायको लागि उहाँको विभिन्न क्षेत्रबाट अतुलनीय योगदान पु¥याउनुभएको छ । स्व.पास्टर मत बहादुर गुरुङ (मनी गुरुङ) को प्राथिप शरिरलाई आज शुक्रबार मण्डलीका सदस्यहरु र आफन्तहरु सहभागी भएर दाहसंस्कार गरिने पास्टर रबिन खड्काले जानकारी दिनुभयो ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button