कहिले चाँही साँचो ख्रीष्टियन भई बाच्ने हो ?

लौन, ब्रत होइन उपबास बसेको
दर होइन, गुलियोमा फसेको
रातो सारी, के भयो त लाएर ?
पाउना बनी, के भयो त आएर ?
जोबनै साचेर, के भो त नाचेर ?
छमछमी नाच्ने हो
खितिती हास्ने हो ।
अनि भन्छन, ख्रीष्टमा नै बाच्ने हो ।

पानी बार्दिन, नाच्न छाड्दिन
संसार कै शक्तीमा, चर्च भित्रैको भक्तीमा
तिजैको आत्मिकी संगती,
पाष्टर कै श्रीमती, अरु को त झन के गती ?
शहर र गाऔंमा, यशुको नाऔंमा,
कहिले सम्म बिकृति साच्ने हो ?
खितीती हास्ने हो ?
छम छमी नाच्ने हो ?
कहिले चाँही साँचो ख्रीष्टियन भई बाच्ने हो ?

-Simiyon Rokka

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button