ख्रीष्टियन रिबाइबल चर्चको ५ औँ युवा सम्मेलन सुरु

सिन्धुली, २७ बैसाख ।। नेपाल ख्रीष्टियन रिबाइबल चर्चको ५ औँ युवा सम्मेलन सिन्धुलीमा आज विहिबारबाट सुरु भएको छ ।


नेपाल ख्रीष्टियन रिबााइबल चर्चसँग आवद्ध युवाहरुको सहभागितामा ५ औ युवा सम्मेलन सुरु भएको हो ।


युवाहरुको आत्मिक जागृतिको लागि आयोजना गरेको युवा सम्मेलन बैसाख २७ गते देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।


आज उद्घाटन भएको युवा सम्मेलनमा वक्ताको रुपमा रहनुभएका पास्टर टेक कामुले परमेश्वरको बचनबाट युवाहरुलाई उत्साह दिनुभएको थियो । उहाँले अहिलेको युवाहरु परमेश्वरको योजनामा चल्नपर्ने विषयमा केन्द्रित रहेर उत्साह दिनुभएको थियो ।


आयोजित युवा सम्मेलनमा प्रमुख वक्ताको रुपमा पास्टर जम्तो रिवा, रेभ. मारसेन लाई र पास्टर टेक बहादुर कामु रहनुभएको छ ।


युवासम्मेलनमा, यर्मीया २९ः ११ पदलाई मुख्य थिम बनाएर युवाहरुलाई उत्साह दिइनेछ । “किनभे जुन योजना मैले तिमीहरुको निम्ति बनाएकोछु, ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरुको उन्नतीका निम्तिहुन् नोक्सानीको निम्ति होइनन् तिमीहरुलाई आशा र भविश्य दिनलाई ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button