ख्रीष्टियन समुदायलाई समाधीस्थलको चिन्ता, जलाउने कि गाड्ने ?

हरि जिज्ञासु
नेपाल बहुजातीय र बहुभाषीय देश भएकाले यहाँ हरेकको फरक संस्कृति छ । धार्मिक संस्कार अनुसार कतिपय धर्मावलम्बीरुले व्यक्तिको निधनपछि शव समाधी गर्नेक्रममा कसैले गाड्छन् भने कसैले जलाउँछन् । हिन्दु धार्मिक समुदायभित्र “शव” लाई समाधी गर्दा जलाउने चलन भएपनि धामी, झाँक्री र पूजारीहरुलाई प्राया गाड्ने चलन हुन्छ । त्यसैगरी किराँती, मुस्लिम र केही अन्य धार्मिक समुदायले पनि “शव”दाह गर्दा गाड्ने परमपरा रहेको छ । ख्रीष्टियन समुदायको पनि “शव” दाह गर्दा गाड्ने चलन छ ।


आफ्नो धार्मिक परमपराअनुसार “शव” दाहा गर्ने धार्मिक समुदायलाई काठमाण्डौँ लगायत देशका ठूला सहरहरुमा “शव” गाड्नको लागि समस्या थपिदै गएको छ । समस्याको प्रमुख कारण सहरीकरण तिव्र्र गतिमा बढ्नु हो । किराँती, ख्रीष्टियन र अन्य धार्मिक समुदायले काठमाण्डौँ “शव” दाह गर्नेक्रममा समस्याको सामाना गर्नुपरेको छ । विश्व सम्पदा सूचीमा रहेको पुरातत्वीक महत्व बोकेको पशुपति क्षेत्रमा “शव” दाह गर्नेक्रममा ख्रीष्टियन र किराँती समुदायले “शव” गाडेको कारण पशुपति क्षेत्र विकास कोषले सँधै तर्साइरहन्छ । अल्पसंख्यक धार्मिक समुदायको धार्मिक मर्मलाई नबुझेर सरकार टुलुटुलु हेरिरहन्छ ।


धार्मिक परमपरा अनुसार “शव” लाई गाड्नु पर्ने धार्मिक समुदायहरुलाई आफ्नो धार्मिक परमपरा रक्षा गर्नको लागि गाड्ने व्यवस्था सरकारले गर्नुपर्ने हो तर सरकारले अझै यस्तो कुरामा भेऊ पाउन सकिरहेको छैन । विश्वसम्पदा सूचीमा रहेकोले पशुपति क्षेत्र विश्वको सम्पती हो तर हिन्दु धार्मिक समुदायले हिन्दुले बायक अन्य धार्मिक समुदायले “शव” गाड्नु्हुँदैन भनेर संधै कराईरहन्छ । यसो सोच्ने हो भनेत, कराउँने पनि बाँचुन्जेलसम्म त हो । मरेको मूर्दामाथि बाँचेर कराउनेहरुदेखि टाढा हुनको लागि अल्पसंख्यक धार्मिक समुदायले “शव” गाड्नको लागि कि व्यक्तिगत पैँसा उठाएर जमिन खरिद गर्नु प¥यो, कि आफ्नो धार्मिक परमपरा बचाउनको लागि सरकारसँग आफ्नो अधिकार मागेर प्राप्त गर्नु प¥यो । अधिकार मागेर पाउन पनि नसक्ने र आफूले व्यक्तिगत जग्गा किन्न पनि नसक्ने हो भने आफ्नो धार्मिक परमपरा त्यागेर “शव” जलाउनु प¥यो ।

कोरोनाकालमा नेपालका बरिष्ठ पास्टर रोबर्ड कार्थक र उनका छोरालाई पशुपतिको ईलेक्ट्रिक शवदाह गृहबाट जलाइयो । त्यसयता काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्यिन समुदायले “शव” जलाउने गरेका छन् । ख्रीष्टियन समुदायहरुमा पनि केही विभाजित छ कतिले “शव” जलाउने पक्षमा छन् भने कतिपयहरु गाड्ने पक्षमा छन् । यसको विषयमा ख्रीष्टियन समुदायका बाइबलबिद्हरु र ख्रीष्टियन समुदायको पक्षमा काम गर्ने राष्ट्रियस्तरका संस्थाहरुले ध्यान पु¥याएर बृहत छलफल गर्नुपर्नेहो तर उनीहरु एकआपसमा कुस्ती खेल्नै ठीक्क छ ।


नेपालमा नाम चलेका र धेरै लामोसमयसम्म सेवकाइ गर्नुभएको पास्टर रोबर्ट कार्थको “शव” पशुपतिको इलेक्ट्रिक मेशिनबाट जलाएपछि अहिले पनि कतिपय येशूमा विश्वास गर्नेहरुको “शव” पशुपतिको इेलेक्ट्रिक मेसिनबाट जलाइन्छ । जलाउँदैगर्दा पनि ख्रीष्टियनहरुको मरेको मूर्धा अर्थात “शव” समेत गाली खानुपर्ने हुन्छ । “धर्म बेचुवाहरुले हाम्रो पशुपतिमा लास् जलाउँन पाइदैन” लगायत यस्तै गालीहरु सहनु परेको छ । अब के ख्रीष्टियन समुदायले यस्तै गाली सुन्दै बस्ने हो त ? सरकारले ख्रीष्टियन धार्मिक समुदायको मर्म नबुझ्दा ख्रीष्टियन समुदाय धार्मिक परमपरालाई त्यागेर “शव” जलाउने अवस्थामा पुगेको छ । कठमाण्डौँ उपत्यका लगायत देशका ठूला सहरहरुमा ख्रीष्टियन समुदायले शव्दाहको समस्या झेल्नु परेको छ ।


सरकारले ख्रीष्टियन धार्मिक समुदायको धार्मिक मर्म बुझ्न नसकेपछि ख्रीष्टियनहरुले पशुपतिको इलेक्ट्रिक मेसिनमा “शव” जलाउने गरेका छन् । बढ्दो सहरीकरण र सरकारको वेवास्थाकोकारण बाध्यतामा परेर आफ्नो धार्मिक परमपरालाई त्यागेको ख्रीष्टियन समुदायले अब नयाँ सैली अपनाउनुपर्छ । सहरीकरण बढेपछि उपत्यकामा जमिन किन्न गाह्रो छ । त्यसकारण सरकारले नै ख्रीष्टियन समुदायको लागि उपत्यकाको छुट्टै अर्को ठाउँमा ख्रीष्टियन परमपरा अनुसार “शव” जलाउनको व्यवस्था गर्नुपर्छ ।

“शव” नगाडेर जलाउँदा पनि त परमेश्वरसँग प्रार्थना गर्ने होला, बाइबल पढ्ने होला, र अन्य विभिन्न विधिविधान धार्मिक परमपरा अनुसार हुन्छन् त्यसको लागि त एउटा निश्चत ठाउँ हुनु प¥यो नी होइन र ? सरकारले यस्तो व्यवस्था गर्नुपर्छ । ख्रीष्टियन समुदायको हितको लागि काम गर्ने संस्थाहरुले यसरी नै माग गर्नुपर्ने आवश्यकता छ । आफूभित्र कुस्ती खेलेर हामीले कहिले अधिकार पाउँन सक्दैनौँ । बागमतीको नदीको एउटा कुनामा भएपनि ख्रीष्टियन समुदायको लागि “शव” जलाउने ठाउँ हुनुपर्छ । “शव” जलाउने र गाड्ने विषयमा पनि बाइबल सम्बन्धित विज्ञहरु अर्थात जम्मेवारी ख्रीष्टियन संस्थाहरुले मण्डलीलाई बुझाउँनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button