चर्च भवन निर्माण अनुमतीमा सरोकारवालाको बेवास्ता

काठमाण्डौँ, १५ असार ।।
कुनै पनि भवन निर्माण गर्नेक्रममा स्थानीयतहबाट अनुमती लिनुपर्ने व्यवस्था भएकोले चर्च भवन निर्मांणको लागि कतिपय स्थानीय तहले अनुमती दिन आनकानी गरेका छन् ।


व्यक्तिगत परियोजन लगायत अन्य सामुदायिक परियोजनको लागि भवन निर्माण गर्न सजिलै अनुमती दिएपनि चर्च भवन बनाउनको लागि भने अनुमती दिने गरेको पाइएको छैन ।


ललितपुरका एक पास्टरले आफूले आफूहरुले चर्च भवनको लागि नगरपालिकाबाट अनुमती लिन चाहेको तर छिमेकीको अनुमती चाहिन्छ भन्दै स्थानीय तहले अनुमती नदिएको बताउनुभएको छ ।


त्यस्तै धनगडी उप–महानगरपालिका वडा नं। ७ मनोहरामा अस्पताल निर्माणको लागि अनुमती लिएर चर्च भवन निर्माण गरेको भन्दै धनगडी उप– महानगरपालिकाले निर्माण भएको भवन भत्काएको छ ।


अन्य जिल्लाहरुमा पनि चर्च भवन निर्माणको लागि अनुमती दिन स्थानीय तहले आनाकारी गरेको गुनासो आएको छ । अनुमती विपरित चर्च भवन निर्माण गरिएको चर्च धनगडी नगर इसाई समाजमा आवद्ध नभएको कुरा धनगडी नगर इसाई समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button