चर्च र मन्दिरको विवाद मिलाउन हर्क सम्पाङले दुवै पक्षलाइ बोलाए

साउन १ (२०८०) सुनसरी
धरान उप–हानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले चर्च र मन्दिर बीचको विवाद मिलाउन दुबै पक्षलाई महानगरको कार्यालयमा बोलाउनुभएको छ ।


धरान १४, दुईधारेमा मन्दिरको छेउमा नवनिर्मित होली ट्रिनिटि बिलिभर्स इस्टर्न चर्चको विषयलाई लिएर बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले चर्च हटाउन भनी नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्र र धरान इसाई समाजले धार्मिक सद्भाव खलबलाउन नहुने भनि बुझाएको ध्यानाकषर्न पत्रको आधारमा नगर प्रमुख साम्पाङले हिजो आइतबार दुबै पक्षलाई कार्यालय बोलाउनु भएको हो ।

मन्दिर क्षेत्रमा चर्च निमार्ण गरेको भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले चर्च हटाउन पहल गरिदिन धरान महानगरमा ज्ञापन पत्र बुझाएको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘नवनिर्मित चर्च भवन स्थानान्तर गरियोस र धरान–१४ विजयपुर भरी कुनै चर्च निमार्ण गर्न बन्द गरियोस् ।’


आइतबार दुबै पक्षले महानगरको कार्यालयमा पुगी आ–आफ्नो धारना राख्नुभएको थियो । आफ्नो धारणा राख्ने क्रममा बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले, मन्दिरको छेउमा चर्च निमार्ण गर्दा धार्मिक सद्भााव खलबलिन सक्ने बताउँदै भारतको मनिपुरको उदारण दिएको थियो । त्यसैगरी धारन इसाई समाजले धार्मिक सद्भाव खलबलाउनको लागि आफूले कुनै पनि क्रियाकलाप नगर्ने र इसाई समुदायले सबै धार्मिक समुदायलाई समान रुपमा हेर्ने बताएको छ ।


त्यसैगरी एन.सि.एफ नेपालका कोषाध्यक्ष हिमाल राईले धरान इसाई समाजको पक्षमा बोल्दै, मनीपुरमा घटेको घटनालाइ उदृत गर्दै मनिपुरमा ७२ वटा चर्च जलाएको र कुनै पनि पास्टरले एउटा पनि मन्दिर जलाउने कार्य नगरेको बताउनुभएको भयो ।


करिब २ घण्टा चलेको छलफल टुङ्गो नलागेपछि नगर प्रमुख हर्क साम्पाङले अर्को पटक फेरि दुबै पक्षलाई बोलाएर छलफल गर्ने बताएको एन.सि.एफ नेपालका कोषाध्यक्ष हिमाल राईले जानकारी दिनुभयो । हिमाल राईले भन्नुभयो, ‘बिजयपुर क्षेत्र धार्मिक संरक्षन समन्यव समितिका अध्यक्ष सहभागी नभएको कारण पनि छलफल टुंगो लागेन । नगर प्रमुखले अर्को पटक दुबै पक्षलाई छलफलको लानि बोलाउछु भन्नुभएको छ ।’

Related Articles

2 Comments

  1. मलेसिया मुस्लिम राष्ट्र हो, त्यहाँ क्लाङ्ग भन्ने ठाउँमा बाटो वारि चर्च छ भने बाटो पारि मस्जिद छ, चर्चको अगिल्तिर हिन्दूको मन्दिर छ। त्यहाँ चर्चमा गीत गाएको मन्दिरमा सुनिन्छ, मस्जिदमा अल्लाहलाई पुकारिएको चर्चमा सुनिन्छ। मन्दिरमा घण्टा बजाएर पूजा गरिएको मस्जिदमा सुनिन्छ। त्यहाँ धार्मिक सद्भाव कहिल्यै खल्बलिएको छैन।हाम्रा अतिवादीहरूको चाहिं किन पेट पोलेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button