चीनमा विश्वासको कारण सताइएकाहरुको निम्ति प्रार्थना गर्नु आवश्यक

काठमाण्डौँ, ३० साउन २०८१
चीनको एक इसाई झाङ झानले कोभिड १९ को समाचार सम्प्रेशन गरेको भन्दै चाइना सरकारले उनलाई ४ वर्षको जेल सजाए सुनाएको थियो । सजाय सुनाएपछि उनी रिहा भएकी छिन् ।


उनले सानो गल्तीको कारण ४ वर्ष जेल जीवन विताएकी थिईन । उनी ४ वर्षपछि जेलबाट रिहा भएर पहिलो पटक चीनको चेङ्दुको प्रख्यात चर्च रिर्फड हाउस चर्चमा पुगेकी थिइन् ।


उनलाई चीनको प्रहरीले चर्च नजान र चर्चसँग सम्बन्धित क्रियाकलाप नगर्ने बताएको छ । रिफर्मड चर्चलाई उनले भनेकी छिन्, “म वास्तवमा कठोर होइन । तर एक व्यक्ति जो प्राय कुनै कारणले रुन्छ । मलाई पीडा छ किनकि मलाई चर्चमा उपस्थित हुन असुविधाजनक छ । किनकि ममाथि निगरानी भइरहेको छ । म मेरा दाजुभाइ दिदीबहिनीहरूलाई ख्रीष्टको प्रेमले भेट्न चाहन्छु । तैपनि म कसैलाई भेट्ने आँट गर्दिन ।”


आवाजविहीनहरूको लागि बोल्थिन्
झाङ सन् २०१५ मा क्रिस्चियन बनेपछि मानवअधिकार र राजनीतिक सक्रियतामा संलग्न हुन थालेकी थिइन् । त्यसअघि उनले सांघाईको एउटा सेक्युरिटी फर्ममा वित्तीय सल्लाहकारको रूपमा काम गरेकी थिइन् । जबसम्म फर्मले वित्तीय तथ्याङ्कलाई नराम्रो नगर्न अस्वीकार गरेको कारणले उनलाई बर्खास्त गरिएको थियो । उनको परमेश्वरका विश्वास गरेपछिको परिवर्तनले उनको जीवनलाई सहि रुपमा अगाडि बढ्न मदत पुगेको थियो ।


झाङले २०१९ मा रेडियो फ्री एशियालाई भनेकी थिइन्,“मलाई आशा छ कि ईसाईहरूले यो देशको शान्तिपूर्ण सुधार वा राजनीतिमा परिवर्तनको लागि जोड दिन सक्छन् । मैले परमेश्वरमा विश्वास गरेपछि आफू सकारत्मक रुपमा परिवर्तन भएको महसुस् गरेको छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button