जन्मदिनको अबसरमा डिजिटल रुपमा पुस्तक बिमोचन

साउन ३१ (२०८०) भक्तपुर
आफ्नो जन्म दिनको उपलक्ष्मा आफूले लेखेको अल्फा र ओमेगा नामक पुस्तक पास्टर संजिव शाहले डिजिटल रुपमा विमोचन गर्नुभएको छ ।
पास्टर संजिव शाहले आफूले लेखेको १२३ पृष्ठको अल्फा र ओमेगा नामक ख्रीष्टियन पुस्तक सोमबार डिजिटल मार्फत विमोचन गर्नुभएको हो । पास्टर संजिव शाहको अनुसार यो उहाँको पहिलो कृति हो ।


अल्फा र ओमेगा पुस्तकको लेखन तथा प्रकाशनको समयमा भोगेका चुनौती र अवसरहरुको अनुभव यसरी सुनाउँनुहुन्छ ।


“अल्फा र ओमेगा उनै परमेश्वोरलाई महिमा भएको होस्। उहाँ नै मेरो लेखनको स्रोत हुनुहुन्छ। यस पुस्तक मार्फत परमेश्वरको सार्वभौमता र मानिस प्रतिको उहाँको प्रेम र ठुलो योजनालाई प्रकट गरिएको छ । पुस्तक मार्फत सम्पूर्ण पाठकहरुले उहाँको योजना बुझ्न सक्नु भएको होस् र उहाँनै अल्फा र ओमेगा हुनु हुन्छ भनि जान्न सक्नु भएको होस् भनेर लेखेको हुँ ।


यो मेरो पहिलो पुस्तक हो र लेखन यात्रा अवस्य पनि सजिलो थिएन । धेरै जनाको प्रार्थना, उत्साह, र सहयोग बिना यो सम्भव पनि हुने थिएन । मेरो बुवा, आमा, हजुरआमा, र बहिनिलाई बिषेश धन्यवाद दिन चाहन्छु । उहाहरु मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । यस पुस्तकमा पेन्सिल स्केच चित्र मार्फत सन्देश प्रवाह गर्ने मेरो मित्र उद्धव आले मगर, नेपाली टाईपिङ्गमा सहायता गर्नुहुने आदरणीय दिदी सानु राना मगर र ले–आउट गर्नु हुने आदरणीय बिनोद श्रेष्ठ ज्यू प्रति पनि म आभारी छु ।


अन्तमा,प्रिय पाठक ज्युहरु, यस पुस्तकलाई पढेर हजुरहरुको प्रतिक्रियाको अपेक्षामा हुनेछु । हजुरहरुले दिनु भएको प्रेम, उत्साह, र सुधारलाई सहर्स स्वीकार गर्दै भविस्यमा अझै धेरै पुस्तकहरु पस्किने बाचा गर्दछु ।”

Related Articles

One Comment

  1. हार्दिक बधाई तथा व्यापकताको कामना गर्दछु !💐💐
    यो अर्थपूर्ण पुस्तक पढ्ने उत्कट इच्छा भएर आयो ! 😊

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button