जायोन आराधना चर्च बुटवलका बरिष्ठ पास्टर होम बहादुर बस्यालको निधन

कात्तिक ८ (काठमाण्डौँ)
लामो समयदेखि पास्टरीय सेवकाईमा आफूलाई सर्मपण गर्नुभएका जायोन आराधना मण्डली बुटवलका बरिष्ठ पास्टर होम बहादुर बस्यालको ७४ वर्षको उमेरमा निधन भएको छ ।


मुटु र किड्नीको समस्याको कारण उपचारमा रहनुभएका बरिष्ठ पास्टर होम बहादुर बस्यालको शिक्षण अस्पताल काठमाण्डौँमा आज बुधबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सन् १९५० सालमा गोरखामा जन्मिनुभएका रेभ. पास्टर होमबहादुर बस्याल १६ वर्षको उमेरमा अध्ययनको लागि बुटुवल पुगेपछि उहाँले परमेश्वरमा विश्वास गर्नु भएको थियो ।


रेभ.पास्टर होमबहादुर बस्यालले परमेश्वरमा विश्वासगरेपछि विभिन्न सामाजिक क्षेत्रमा काम गरेर सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको छ । उहाँले आफूलाई सेवकाईमा सर्मपण गरेपछि उहाँ जायोन आरधना चर्चको संस्थापक पास्टर समेत हुनुहुन्छ ।


उहाँले आफ्नो जीवनकालमा सुसमाचार र सेवकाईलाई प्राथामिकता दिँदा जायोन आरधना मण्डली बुटलबाट धेरै शाखा चर्चहरु समेत स्थापना भएका छन् । हालसम्म उहाँले १५० भन्दा बढि चर्चहरु स्थापना गरी स्थानीय व्यक्तिलाई हस्तान्तरण गरेको जनाइएको छ ।


उहाँ एक सुसमाचार प्रचारक र बाइबलीय शिक्षक समेत हुनुहुन्थ्यो । बुटुवल इसाई समुदाय लगायत अन्य धेरै संस्थाहरुमा सल्लाहकारको रुपमा समेत उहाँ रहनुभएको थियो ।


काठमाण्डौँको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएकोले आज बुधबार काठमाण्डौँबाट बुटुल पु¥याएर भोली विहिबार बिहान १० बजे उहाँकै निवासमा अन्तिम श्रदाञ्जली सभा गर्ने हरि प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button