जुम्ला आक्रमणबाट बाँचेका पास्टर प्रवचन र उहाँको सुसमाचार यात्रा

हरि जिज्ञासु
हुम्ला जिल्लाको सर्के गाउँपालिका वडा नं.५ गोठी गाउँमा २०३३ भदौ ५ गत्ते जन्मनुभएका पास्टर प्रबचन शाही अहिले नेपालगञ्जमा सुसमाचार चर्चको संस्थापक पास्टर हुनुहुन्छ । उहाँको चर्चको नाम र उहाँले मानिसहरुलाई सुसमाचार सुनाउँने शैलीको गजब तालमेल मिल्छ ।


पास्टर प्रबचनसँग बालकदेखि बृद्ध उमेर समुहका मान्छेहरुसँग संगत गर्ने क्षमता छ । उहाँ जहाँ जानुहुन्छ त्यहाँ समय पाउनुभयो भने येशूको सुसमाचार सुनाउँन सुरु गर्नुहुन्छ । फोनबाट पनि परमेश्वरमा विश्वास नगरेका व्यक्तिहरुलाई येशूमा मुक्ति छ विश्वास गर्नुहोस् भनीहाल्नुहुन्छ । अझ रोचकको कुरा त के छ भने उहाँले प्रयोग गर्ने मोटरसाइकलमा क्रुस चिन्नह बनाउँनुभएको छ र त्यहाँ लेख्नुभएको छ ‘येशूमा मुक्ति छ ।’


कर्णालीको हुम्ला जिल्लामा जन्मनुभएका पास्टर प्रबचन शाहीको अझ रोचक कथा छ । २०५८ साल कार्तीक २८ गते जुम्ला आक्रमणबाट आफू बाँचेको कथा यसरी सुनाउँनुहुन्छ, ‘म हुम्लाबाट अध्ययनको लागि जुम्ला गएको थिएँ । माध्यामिक शिक्षा परिषदको होस्टेलमा बस्थेँ । माध्यामिक शिक्षा परिषदमा मेरो आफ्नै मान्छे भएको कारण मलाई त्यहाँ बस्न सजिलो भएको थियो ।


प्रहरी चौकी नजिकै होस्टेल थियो । म कार्तीक २८ गतेको दिन त्यहि होस्टेलमा थिएँ । माओवादीले म बसेको होस्टेलाई प्रयोग गरेर चौकी आक्रमण गर्ने योजना बनाएको रहेछ । त्यहि रात लडाईँ सुरु भयो । बन्दुकको चर्को आवाजले जुम्ला त्रसित थियो ।


माओवादीले चौकी आगो लगाई दियो । लडाइ चलिरहँदा म होस्टेलमै थिएँ । अन्तमा चौकीबाट भागेर केहि प्रहरीहरु म बसेको होस्टलमा लुक्नको लागि आए । उनीहरु लुक्नको लागि होस्टेलमा आएको माओवादी शेनाहरुले देखेपछि म बसेको होस्टेलमा आगो लगाइदिए ।


होस्टेलमा आगो दन्किरहेको थियो । म त्यो आगोबाट बच्नको लागि केहि प्रयास गरेँ । मलाई त्यतिखेर मर्ने निश्चित भइसकेको थियो । कोठाभित्र धेरै कपडाहरु थिए ती सबै खरानी बनिसकेका थिए । म पनि ती कपडाजस्तैगरी खरानी बन्नको लागि केहि समय मात्र बाँकि थियो ।


होस्टेल जलिरहेको थियो । जलिरहेको होस्टलबाट प्रहरीहरु भाग्छन् कि भनेर माओवादी शेनाहरु ढोकानेर बन्दुक तयारी गरेर बसेका थिए । त्यतिखेर मैले निर्णए गरेँ, ‘आगोले पोलेर तड्पेर मर्नुभन्दा गोली खाएर अलि सजिलो रुपमा मर्छु भन्ने सोचले बाहिर निस्किएँ । माओवादी शेनाहरुले गोली हान्नै लाग्दा मैले उनीहरुलाई आफ्नै कार्याकर्ता हो जस्तै गरी गाली गरेँ । उनीहरुले मलाई माओवादी कार्यकर्ता रहेछ भनेर छोडिदिएपछि म बाँच्न सफल भएँ ।’


यसरी सशस्त्रद्धन्दको समयमा जुम्ला आक्रमण हुँदा आफूलाई बचाएका ब्रवचन आफ्नो गृह जिल्लाको सिमिकोटमा गएर बोर्डिङस्कुल खोल्नुभयो । शिक्षाक्षेत्रमा राम्रो गर्ने पास्टर प्रबचनको उद्देश्य थियो । पास्टर प्रबचनले बोर्डिङ स्कुलमा काम गर्दैगदा जिल्ला विकास समितिमा नाम निकाल्नुभयो । उहाँ जागिरे भइसक्नुभएको थियो । आफूले नाम निकाले जागिरे हुँदाको अनुभव पास्टर प्रवचनले यसरी सुनाउँनुहुन्छ ।


‘भ्रखर नाम निकालेकोले तालिमको लागि नेपालगञ्ज पुगेको थिएँ । म नेपालगञ्ज तालिममा हुँदाको केहि दिनपछि हुम्लाबाट भागेर केहि भाईहरु नेपालगञ्ज आए । गाउँका भाईहरुलाई गाउँमा द्धन्दको प्रभाव परेको थियो । युवाहरुलाई घर बस्ने बातावरण थिएन । कहिले मरिन्छ भन्ने थाह पजि थिएन । देखिने युवाहरुलाई माओवादीले क्रान्तिकारी बनाउँन चाहान्थ्यो ।


गाउँको दुःखान्त समाचार सुनेपछि मलाई पनि जागिरको जिल्ला जान मन लागेन । जागिर भन्दा प्रिय ज्यान नै लाग्यो । अनी त्यसपछि केहि भाइहरुसँग २०६० सालमा भारत गयौँ । त्यहाँ मैले सेक्रटरी काम पाएको थिएँ । काम राम्रै थियो । पछि फेरि एउटा अर्को विदेशी कम्पनीमा काम गर्र्ने मौका मिल्यो । त्यहाँ नै मैले विदेशीहरुबाट प्रभु येशूको सुसमाचार सुन्ने मौका पाएँ ।
मलाई विदेशीले त्यहाँ म्यानेजर बनाइसकेको थियो । कम्पनीले गाडि समेत उपलब्ध गराएको थियो । सेवासुविदा राम्रो थियो । पछि परिवार पनि त्यतै लगेँ । बप्तिसमा पनि मैले भारतमै लिएको थिएँ । सबै राम्रो हुँदै गएको थियो ।


केहि समय वितेपछि मलाई प्रभुबाट एउटा बोलावट आयो, ‘तँले नेपालमा गएर धेरै मानिसहरुलाई सुसमाचार सुनाउँनुपर्छ । त्यहाँका मानिसहरुको आत्मा बचाउनुपर्छ ।’ परमेश्वरको बोलावट सुनिसकेपछि मैले हाकीमलाई सुनाएँ । हाकिमले मलाई यो परमेश्वरको बोलावट होइन भन्नुभयो । मैले केहि दिन प्रखेर अन्तमा नेपाल फर्किने निर्णएँ गरेँ । हाकीमले मलाई त्यहि कम्पनीमा राख्ने योजना बनाउनुभ भएको थियो । तर मैले परमेश्वरको बोलावटको कदर गरेर नेपाल फर्कीएँ ।’


आफ्नो धेरै सेवा सुविधाई छोडेर प्रभुको कामको लागि नेपाल फर्केका पास्टर प्रबचनले भारतमा कमाएको केहि पैँसाले नेपालगञ्जमा एउटा घर बनाउनुभयो । कमाएको पैँसाले घर बनाएपछि आफूसँग जीवन धान्नको लागि अरु पैँसा नभएको अनुभव पास्टर प्रबचनले सुनाउँनुहुन्छ ।


पास्टर प्रबचनले घरमै संगति सुरु गर्नुभयो । निरन्तर प्रार्थना गर्नुभयो । र नेपालगञ्जमा टोल छिमेक जतातै प्रभुको सुसमाचार हिडेँरै सुनाउनुभयो । उहाँले सुसमाचर सुनाएर ग्रहण गराएको पहिलो विश्वासी हुनुहुन्थ्यो प्रबचन उपाध्याय । उहाँलाई परमेश्वरले अन्य व्यक्तिहरुलाई पनि सुसमाचार सुनाएर ग्रहण गराउँनुभयो । परिवारमा भएको अभाव र खाँचोसँग लड्दै उहाँले सफलता सेवकाईमा सफलता प्राप्त गर्दै जानुभयो ।


उहाँको एउटा संस्था छ जसको नाम हो (जि.एन.एन) गुड न्यूज नेपाल । यसको सुरुवातको कथा पनि बढो अच्चमको छ । सन् २०१४ मा एक जना विदेशी नागरिक डेविट क्याप्टेनलाई भ्रमणको लागि सहयोग गर्न हुम्ला पुग्नुभयो । पास्टर प्रबचनले हुम्लाको यात्राको अनुभव यसरी सुनाउनु हुन्छ, ‘नेपालगन्जको एउटा कार्यक्रममा भेटिएका डेविट क्याप्टेनलाई हुम्ला भ्रमण गर्ने मन भएपछि हामी एक दिनमा नेपालगञ्ज फर्कीने योजना बनाएर बिहानपख नेपालगञ्बाट हुम्लाको लागि जहाज चढ्यौँ । केहि घण्टा हामी हुम्लाको जनजीवनको बारेमा डिविटले अबलोकन गर्नुुभयो । बेलुकीपख हामी फर्कीने योजना बनाएका थियौँ । त्यहि दिन हामीले टिकेट लिएको जहाज इएरर्पोटमा दुर्घटना भएर बिग्रीयो ।


हामी केहि दिन हुम्लामै बस्नु पर्ने भयो । त्यहाँ बस्दा डेविट क्याप्टेनले हुम्लाका विकट गाउँहरुको अबस्थालाई राम्रोसँग अबलोकन गर्नुभयो । मैले गाउँका मान्छेहरुलाई सुसमाचार सुनाएँ । डेविट क्याप्नेट अरु दृष्यहरु हेरेर रमाउनु हुन्थ्यो मैले भेट भएका मान्छेहरुलाई प्रभुको बारेमा सुनाउँथेँ ।


एक दिन आकासबाट मसिनो पानी परिरहेको थियो । डेविट क्याप्नेन, म र अरु केही स्थानीयहरु ओखरको रुखमुनी ओत लागेका थियौँ । त्यहाँ नै मैले त्यहाँका स्थानीयलाई सुसमाचार सुनाएँ । सुसमाचार सुनाएर त्यहाँ नै मैले ग्रहण गराएँ । त्यसपछि डेविट क्याप्टेनले मलाई भन्नुभयो, ‘पास्टर प्रबचन तपाईँमा सुसमाचार सुनाउने बोलावट रहेछ । तपाईँको दर्शन अनुसार तपाईँ हिड्नुहोस् मैले सकेजति हजुरको मिशनको लागि सहयो गर्न सक्छु ।’ डेविट क्याप्टेनले पास्टर प्रबचनलाई उत्साह दिएपछि ओखरको रुखमुनीबाट सुरु भयो (जि.एन.एन) गुड न्यूज नेपाल ।
ओखरको रुखबाट सुरु भएको गुड न्यूज नेपालले अहिले धेरै अन्य सामाजिक काम पनि गर्दै आएको छ । पास्टर प्रबचनले सुसमाचारलाई निरन्तरता दिनुभएको छ । अहिले पनि उहाँ बालक देखि बृद्ध र कार्यालय सहयोगी देखि हाकिम,कर्मचारी नेता सबैलाई सुसमाचार सुनाउँनुहुन्छ । उहाँ जहाँ जानुुहुन्छ त्यहाँ येशूको सुसमाचार सुनाउनुहुन्छ ।


पास्टर प्रबचनको आफूले सुसमाचार सुनाएर सुरु गरेको सुसमाचार चर्च अहिले फैलदै गएको छ । पास्टर प्रबचनको भनाई अनुसार अहिले उहाँको सुसमाचार चर्च अन्र्तगतका १०३ वटा जति चर्चहरु छन् । विशेषगरी उहाँहरुले पश्चिम नेपालका पहाडी र हिमाली जिल्लालाई केन्द्रित गर्नुभएको छ । उहाँले भन्नुहुन्छ धेरैले परमेश्वरको सुसमाचार सुन्न सकुन र आत्मा बचाउन सकुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button