तत्काल युद्धविराम गर्न जेरुसलेमका विसपहरुको आग्रह

कात्तिक ७, काठमाण्डौँ ।। इजरायल र हमास समुह बीच भएको भिषण युद्धलाई रोक्न विसपहरुले माग गरेका छन् । विशपहरुले अर्थोडक्स चर्चमा भएको बम बिष्फोटको निन्दा समेते गरेका छन् ।


अक्टोबर ७ मा हमास समुहले इजरायलमाथि आक्रमण गरेको र इजरायली सेनाले गाँजामा गरेको भयानक आक्रमणलाई उल्लेख गर्दै विशपहरुको समुहले उक्त हिंसा रोक्न आग्रह गरेको हो ।


गाजा सहर स्थित सेन्ट पोर्फिरियोस् ग्रीक अर्थोडक्स चर्चमा भयानक बम बिष्फोट भएको थियो । अक्टोबर १९ मा भएको बम विष्फोटमा कम्तिमा पनि १८ जनाले ज्यान गुमाएका थिए । सुरक्षाको लागि चर्चमा आश्रय लिएका बेला भयानक बम बिष्फोट भएको हो । उक्त विष्फोट कसले गराएको छ भन्ने विषयमा अझै पनि विवाद छ ।


बम विष्फोटको कारण गाजा क्षेत्रमा रहेका स्वाथ्य क्षेत्र र केहि चर्चहरु धोस्त भएका छन् । हालसम्म क्याथोलिक चर्च भने सुरक्षित रहेको जनाइएको छ ।


गाजा क्षेत्रमा विस्तापित भएका मानिसहरुको सेवा गर्नको लागि आफूहरुलाई अबरोध नगर्न समेत पोपहरुले आग्रह गरेका छन् । गाजा क्षेत्रमा धेरै मानिसहरु विस्तापित भएका छन् ।


गाजामा देखिएको भयानक दृष्यलाई उल्लेख गर्दै विसपहरुले तत्काल मानवीय युद्धविराम गर्न आग्रह गरी खाना, पानी र अत्यावश्यक चिकित्सा आपूर्तिहरू उपलब्ध गराउँन आग्रह गरेका छन् । विसपहरुले भनेका छन्, “गाजामा अस्पताल, विद्यालय र प्रार्थना गर्ने घरहरू जस्ता शरणस्थलहरूको लागि तुरुन्तै सुरक्षा लागू गर्नुपर्छ ।’

The Patriarch of Jerusalem, Theophilos III (centre), leads the Archbishop of Canterbury, Justin Welby, and other Christian leaders in Jerusalem, including Archbishop Hosam Naoum, through the streets of the Old City near the Church of the Holy Sepulchre.(Photo: Episcopal Diocese of Jerusalem)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button