दाङका पास्टर विलसन सुनारको निधन

दाङ ।। १५ भदौ ।। ईम्मानुयल चर्च घोराही दाङका पास्टर विलसन सुनारको सुनारको ७२ वर्षको उमेरमा निधन भएको छ ।


पास्टर विलसन सुनारको उपचारको क्रममा कुहोलपुर अस्पतालमा हिजो शुक्रबार निधन भएको हो ।


परमेश्वरमा विश्वास गरेपछि १६ वर्ष पास्टरीय सेवकाई गर्नुभएका पास्टर विलसन सुनारको पार्थिव शरिरको आज शनिबार सेवा संगतिपछि अन्तिम श्रदाञ्जलीसभा पछि दाहसंस्कार गरिएको छ ।


पास्टर विलसन सुनारले आफ्नो जीवनकालमा परमेश्वरको महिमाको लागि सुसमाचार सुनाउने, येशूमा विश्वास गरेकाहरुलाई आत्मिक रुपमा जागुरुक बनाउने लगायत कार्य थुप्रै आशिषत कार्य गर्नुभएको छ ।


दाङ जिल्ला इसाई समुदायमा मण्डलीको तर्फबाट अतुलनीय योगदान पु¥याउनुभएका पास्टर सुनारको अन्तिम श्रदाञ्जली सभामा दाङ जिल्लामा रहेका धेरै चर्चका पास्टर ज्यूहरु सहभागी हुनुभएको थियो ।


परमेश्वरको सेवकाईमा आफ्नो जीवन समर्पण गरेका पास्टर विलसन सुनारको निधनप्रति दाङ जिल्लामा रहेका पास्टर तथा अगुवा ज्यूहरुले दुःख व्यक्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button