दाङ इसाई समुदायको सक्रियतामा भरोसा सामुदायिक रेडियो सञ्चालनमा

दाङ,१८ भदौ ।। दाङको घोराहीमा भरोसा सामुदायिक रेडियो सञ्चालनमा आएको छ ।


भरोसा सामुदायिक सेवाद्धारा सञ्चालित सामुदायि रेडियो भेरोसा १०४.९ मेघार्जले सोमबारदेखि परिक्षण प्रशारण सुरु गरेको हो ।


दाङ जिल्ला इसाई समुदायको सक्रियता र मानव विकास सामुदायिक सेवाको सहयोगमा सञ्चालित रेडियोले समुदायमा शिक्षा, स्वास्थ्य, रोजगार लगायत विकास निर्माणमा जनचेतना फैलाउनेछ ।


दाङ जिल्ला इसाई समुदायका अध्यक्ष तथा भरोसा सामुदायिक सेवा दाङका अध्यक्ष सन्त बहादुर घर्तीले सामुदायिक रेडियो भरोसाले सामुदायमा सकारात्मक जनचेता प्रशारण गर्ने र सामुदायिक विकासमा टेवा दिने बताउनुभएको छ । अध्यक्ष सन्त घर्तीले भन्नुभयो, “समुदायमा सकारात्मक र जनचेतनमुलक सन्देश बाँढ्नकोलागि सञ्चार महत्वपूर्ण माध्यम भएको कारण हामी सञ्चारद्धार सामाजिक रुपान्तरणमा योगदान दिनचाहान्छौँ ।”


मानव विकास तथा सामुदायिक सेवाले समुदायमा सञ्चारको माध्यमबाट सूचना प्रशार गर्न र जनचेता दिन देशको ७ वटै प्रदेशमा रेडियो सञ्चालन गर्ने लक्ष्य राखेको छ । मानव विकास तथा सामुदायिक सेवाले हालसम्म ६ वटा प्रदेशमा रेडियो सञ्चालनमा ल्याएको छ ।


मानव विकास तथा सामुदायिक सेवा रेडियो बिभाग निर्देशक विजय मानन्धरले देशको ७ वटै प्रदेशमा रेडियो सञ्चालन गरेर समुदायलार्ई सूचना, र जनचेतना प्रसारण गरी समुदायमा योगदान पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button