देशको निम्ति प्रार्थना र हाम्रो जिम्मेवारी

हाम्रो विश्वास भनेको प्रार्थनासँग सम्बन्धित विश्वास हो । हाम्रो विश्वास भनेको अरुको भलो चाहाने विश्वास हो । हाम्रो विश्वासको यात्रा भनेको अनन्त स्वर्गको हो । त्यसकारण हामीले सबैको भलो चाहानु आवश्यक छ । पछिल्लो अवस्थामा नेपाल रोजगारको अवसर नपाएर धेरै युवाहरु निराशामा बाँचिरहेका छन् । युवाहरुले देशमा भविश्य नदेखेर विदेशमा आफ्नो भविश्य देखिरहेका छन् । देशमा राजनीतिक अस्थिरता छ ।


हामी हरेक इसाईहरुले देशमा शान्ति र सुशासनको निम्ति परमेश्वरसँग निरन्तर प्रार्थना गर्नु आवश्यक छ । मण्डलीका युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिनु आवश्यक छ । केही गर्न सक्ने जनशक्ति देश छोडेर परदेश गएमा देशको विकास कसरी हुन्छ । अहिले चर्चमा ड्रमसेट र गिता बजाउने युवा छैन । अन्य धेरै समस्याहरु छन् । त्यसकारण हामी सबैले देशमा रोजगार तथा युवाहरुको सुन्दर भविश्यको निम्ति प्रार्थना निरन्तर गर्नु आवश्यक छ । राजनीति अस्थिरताको कारण देशको ऋण विस्तारै बृद्धि हुँदै गइरहेको छ । गाउँघरमा युवाहरु भेटिदैनन् ।


ख्रीष्टियन विश्वास भनेको हरेक समस्याहरुसँग जुद्न सक्ने र समस्याहरुलाई प्रार्थनाद्धारा चिरेर निरन्तर अघि बढ्ने विश्वास हो । त्यसकारण हामीले देशका युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश दिनु आवश्यक छ । देशमा नै केहि गर्नुपर्छ भन्ने बातावरण बनाउनु पनि ठूलो कुरा हो । वास्तवमा धेरैले सोचेजस्तो हाम्रो देश बर्बाद भएको पनि होइन । देश डुब्न लागेको पनि होइन । देश चलाउनको लागि तरिका मात्र नमिलेको हो । देशका केहि गर्न सक्ने युवा जनशक्तिले उत्पाद बढाउने र त्यो उत्पादनलाई राम्रोसँग बजारिकण गर्न सक्ने हो भने देश बन्छ । देशका युवाहरुलाई देशमा केही गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि ख्रीष्टियन विश्वसको जिम्मेवारी हो । त्यसकारण हामी सबैले हाम्रो देशको निम्ति निरन्तर प्रार्थना गरौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button