देशको सुशासन र शान्तिको निम्ति हाम्रो प्रार्थना

जसले जुन धर्ममा आस्था राखेपनि हामी सबैलाई आफू जन्मेको देश र माटोको वास्था सबैलाई हुन्छ । देशमा सुशासन र शान्तिको चाहाना सबैसँग हुन्छ । पछिल्लो समयमा धेरै नेपालीहरुसँग देशमा उचित सुशासन नभएको चिन्ता छ । बेरोजगार, अस्थिर राजनीति लगायत अन्य धेरै समस्याहरु नेपालमा छन् । अर्को कुरा हामीले सँधै देशको नकरात्मक दृष्य मात्र खोज्ने प्रयास गरेमा हामी आफै दुःखी हुन्छौँ । हामीले देशमा भएका सकरात्मक कुरालाई पनि खोज्नुपर्छ ।


नेपाल प्राकृतिक रुपमा धनी छ । संसारका धेरै मानिसहरुले हेर्न रुचाएको देश हो हाम्रो । विदेशी पर्यटकहरु हाम्रो देशमा आएर हाम्रा हिमाल हेरेर पर्खेपछि आफ्नो देशमा हाम्रो हिमालबारे बर्णनन् गर्दछन् । त्यसकारण देशमा धेरै राम्रो काम पनि भईरहेका छन् । नेपाल सरकारले राम्रा कामहरु पनि गरेको छ । त्यसकारण हामीले सँधै हाम्रो देशको हितको निम्ति प्रार्थना गरौँ । प्रार्थना मात्र गरेर पनि हुँदैन देशको हित हुने सकारात्मक कार्यहरु निरन्तर गरिरहौँ । सामाजिक रुपान्तरणकोक काम ख्रीष्टियन समुदायबाट भयो भने यसले देशलाई पनि फाइदा हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button