धर्म परिवर्तनको आरोप खेप्दै, सामाजिक काम गर्दै एन.सि.एफ नेपाल

असार १३ (२०८०) हरि जिज्ञासु
नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा मल्लाकालिन युगदेखि विदेशी मिशनरीहरुको ठूलो योगदान रहेको छ । नेपालको स्वाथ्य अवस्था सुधारका लागि विदेशी मिशनरीहरुले स्थापना गरेका धेरै अस्पतालहरु अहिले नेपाल सरकारको स्वामित्वमा रहेका छन् । केहि अस्पतालहरु मिशनीहरुले सञ्चालन गरेतापनि ती अस्पतालहरुले संधै धर्म प्रचारको आरोप खेपिरहनु परेको छ ।


२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ । देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्तिले देशमा ठूलो परिवर्तन ल्यायो । प्रजातन्त्रपछिमात्र नेपाली इसाई समुदायको गतिलो इतिहास बन्दै गएको छ ।


२००७ सालपछि नेपालमा विस्तारै ख्रीष्टियन धर्ममा आस्था राख्ने नेपाली इसाई नागरिकहरुको संख्या बढ्दै गएपछि सन् १९६० अर्थात वि.सं २०१७ सालमा भक्तपुरमा आयोजित एउटा सानो कोठाबाट नेपाली इसाई समुदायको पक्षमा काम गर्ने नेपालको पहिलो संस्था (एन. सि. एफ) नेपाल राष्ट्रिय मण्डली संगतिको स्थापना भएको थियो ।


वि.सं २०१७ सालतिर नेपालमा परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरुको संख्या थोरै थियो । एक अर्काप्रतिको उत्साह, प्रेरणा र प्रार्थना सहित आत्मिक जागृतिको लागि देशभरीका २९ जना इसाईहरुको सहभागीताबाट (एन. सि. एफ) नेपाल ख्रीष्टियन संगतिको स्थापना भएको इतिहास छ ।


एन. सि. एफ नेपाल ५२ औं वर्षमा पुगेको अवसरमा सन् २०१२ मा प्रकाशित स्मारिका अनुसार (एन.सि.एफ) नेपाल ख्रीष्टियन संगतिको संस्थापक अध्यक्ष नेपालको पहिलो चर्च भनेर चिनिने पोखरा स्थित रामघाट चर्चको स्व.पास्टर डेविट मुखिया संस्थापक अध्यक्ष हुनुहुथ्यो ।


हालका एन.सि.एफ एन का महासचिव शेर यसी को अनुसार एन. सि. एफ नेपालले बाटो निर्माण, पुल निर्माण, स्वास्थ्य र विपत व्यवस्थापनमा सहयोग लगायत धेरै सामाजिक कामहरु गर्दै आएको छ । नेपाली इसाई समुदायको आत्मिक जागृति संगै देश शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा एन.सि.एफ ले ठूलो योगदान पु¥याएपनि संस्थाले घुमाउरो तरिकबाट धर्म परिवर्तनको आरोप खेपिरहेको (एन.सि.एफ.एन) राष्ट्रिय मण्डली संगति नेपालका महासचिव शेर यसीको भनाइ छ ।

महासचिव शेर यसीले भन्नुभयो, ‘राष्ट्रिय मण्डली संगति नेपाली इसाई समुदायको पक्षमा काम गर्ने पहिलो संस्था हो । यसले विशेषगरी नेपाली इसाई समुदायको आत्मिक क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । यो संस्थाले सामाजिक काम पनि गर्दै आएको छ । २०७२ सालको भुकम्प र कोरोना प्रकोपको समयमा यो संस्थाले सेवामुलक काम गरेको छ ।’


नेपालमा सुसमाचारको ढोका खोलिएपछि पनि येशूमा विश्वास गरेकै कारण धेरै नेपाली इसाई नागरिकहरुले यातना पाएको र कारागार चलान भएको इतिहास छ । ख्रीष्टिय संघस्थाहरुले समाजरुपान्तरणको लागि काम गर्दागर्दैपनि धर्म परिवर्तको आरोप खेप्दै आएका छन् ।


अहिलेको समयमा पनि इसाई संघस्थाहरुले गरेको सामाजिक कामरुलाई धर्म परिवर्तनकै आरोप लगाउने गरिएको छ । यस्तो खालको आरोप इसाई समुदायले कहिलेसम्म खेप्नुपर्ने हो कसैलाई पनि थाह छैन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button