धार्मिक गतिविधि गर्न पाउन नगरपालिकामा मण्डली दर्ता

असार, ३० (२०८०) ललितपुर
देशभरीका चर्चहरु स्थानीय सरकारमा दर्ता हुने र नहुने अन्यवलता रहेकोे अवस्थामा ललितपुरमा रहेको ‘सोअर विश्वासको मण्डली’ महालक्ष्मी नगरपालिका ललितपुरमा संस्थागत रुपमा दर्ता भएको छ ।


सोअर विश्वासको मण्डली २०८० असार २४ गते संस्थागत रुपमा दर्ता भएपछि महाललक्ष्मी नगरपालिका ललितपुरले मण्डलीलाई संघसंस्था आवद्धता प्रमाण पत्र उपलब्ध गराएको छ ।


संस्थागत विधानको पचिच्छेद २ उद्देश्य नं. ४ को (क) मा परमेश्वरको महिमा गर्नु, र सुसमाचार प्रचार गर्नु आत्मिकि तथा भौतिकी रुपमा सेवा गर्दै र बलियो पार्दै लैजाने कुरा उल्लेख गरेको छ ।


संस्थागत रुपमा दर्ता भएको मण्डली सञ्चालन गर्नको लागि ७ जनाको कार्यसमिति रहेको र जसको अध्यक्षता पास्टर प्रेम बहादुर कार्कीले गर्नुभएको मण्डली सञ्चालन समितिका सदस्य मुरारी पाण्डेले जानकारी दिनुभयो ।


देशभरी कतिपय मण्डलीहरु वडा, नगर र जिल्ला प्रशासनमा संस्थागत रुपमा दर्ता भएता पनि धेरै मण्डलीहरु दर्ता हुने कुरामा अन्यवलमा छन् । मण्डली संस्थागत रुपमा दर्ता हुनुले आउनेदिनहरुमा मण्डलीलाई हुने असर र फाइदा के भन्ने विषयमा अझै प्रश्न उठ्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button