नथानेल मगरको महिमाको आवाज गजल संग्रह बिमोचन

असार १६ (२०८) अमेरिका
नथानेल मगरद्धारा लिखित महिमाको आवाज नामक गजल संग्रह अमेरिकाको ओहायोमा आयोजित (बि.एन.सि.ए) को दशौँ शिखर सम्मेलनमा विमोचन भएको छ ।


६४ पेज रहेको यस महिमाको आवाज गजल संग्रह दोस्रो संस्करण प्रकाशन भएको हो । महिमाको आवाज गजल संग्रह लेखकले पहिलो संस्करण सन् २०१५ मा प्रकाशन गर्नुभएको हो भने दोस्रो संस्करण स्न २०२३ मा प्रकाशित भएर विमोचन भएको हो ।


ख्रीष्टियन विश्वासमा आधारित भएर लेखेको कारण विमोचन भएको गजलसंग्रहले मण्डलीलाई आत्मिक रुपमा बलियो बन्न, उत्साहित हुनु, सहज जीवन जिउन, परमेश्वरप्रति भरोसा राख्न लगायतका विषयमा मद्धत गर्नेछ । लेखकले यस गजल संग्रमा भाषा शैलि सरल भएका कारण बुज्नको लागि पनि सहज हुनेछ ।


करिब ४५ वटा गजल समेटिएको गजलसंग्रहमा साहित्यकार पास्टर कृष्ण भण्डारी (काँईलो)ले शुभकामनाका केहि शब्द लेख्नु भएको छ भने प्रेरित धुर्व शिष्य, पास्टर नर्बु तामाङ, डा. मनोज श्रेष्ठ, पास्टर समुयल सुन्चुरी, पास्टर सन्त गजमेर र पास्टर पुष्प खनालले बधाई तथा शुभकामना दिनुभएको छ ।

महिमाको आवाज गजल संग्रहले नेपाली भाषि इसाई समुदायमा साहित्य मार्फत आत्मिक रुपमा बलियो हुनको लागि मद्धत गर्नेछ ।

Related Articles

One Comment

  1. साहित्यकार हरि जिज्ञाशुको पहलमा #बोलावट मार्फत नथानेल मगरको महिमाको आवाज गजल संग्रह बिमोचन को सन्दर्भमा केहि दुई शव्द लेखिदिनु भएकाको निम्ति हरि जिज्ञाशु प्रति आभार प्रकट गर्न चाहान्छु धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button