नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परोपकारी साइमन्सको निधन

काठमाण्डौ, ३१ बैसाख ll नेपाललाई संधै प्रेम गर्ने विश्वकै चर्चत गणितज्ञ जिम साइम्नसको ८४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी स्टक बजारको कारोबारबाट अर्बपति बनेका साइम्सले नेपालको ग्रामीण भेगका अस्पतालहरुमा सहयोग गर्ने गरेका थिए ।


आफूले कमाएको रकमको केहि हिस्सा नेपालको ग्रामीण क्षेत्रका अस्पतालका भवन निर्माण गर्ने गरेका थिए । यसका साथै, एनएसआईले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गर्नुका साथै पुराना संरचनाको मर्मत–सम्भार, अस्पतालहरुका उच्च प्रविधिको शल्यक्रिया कक्ष तथा प्रसूति कोठाको निर्माणका लागि पनि सहयोग गरिरहेको छ ।


अमेरिकाको प्रसिद्ध शैक्षिक संस्था एमआईटीका प्राध्यापक साइमन्सले सन् १९८२ मा सुपर कम्युटरहरू प्रयोग गरेर अमेरिकी स्टक बजारका तथ्यांक विश्लेषण गरेर लगानी गर्ने रिनाइसेन्स टेक्नोलोजीको स्थापना गरेका थिए । सो संस्थाले सेयर बजारमै लगानी गरेर अर्बौं कमाएको हो ।


एनएसआईले स्वास्थ्य मन्त्रालयसँग मिलेर अस्पताल शुद्धीकरण कार्यक्रमसमेत चलाइरहेको छ । एनएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँगको सहकार्यमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि विभिन्न किसिमका तालिम पनि सञ्चालन गरिरहेको छ । एनएसआईले सबैभन्दा पहिला पाटन अस्पतालमा नयाँ प्रसूति भवनको निर्माण गरेर नेपालमा सहयोग यात्राको थालनी गरेको थियो । ललितपुरको पाटन अस्पताल हाल नेपाल सरकारको स्वामित्वमा रहेता पनि मिसनरीहरुले सुरु गरेका थिए ।
जिमका स्वर्गीय छोरा निक साइमन्सको चाहनाअनुसार नेपालको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोग गर्नकै लागि उनकै नाममा ‘निक साइमन्स् इन्स्टिच्युट’ को स्थापना भएको हो । सन् २००२ नेपाल आएका निक ९ महिना नेपाल रहेर काम गरेका थिए । आफ्नो देश फर्किए पनि भविष्यमा नेपाल आएर यहाँको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने उनको इच्छा थियो । २००३ मा इन्डोनेसियाको बालीमा पानीमा डुबेर निधन भएपछि निकका बाबु–आमाले उनको अन्तिम इच्छाका रूपमा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने निर्णय लिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button