नेपाली चर्च इजरायलद्वारा इजरायली सेनालाई नेपाली १७ लाख बराबरको सुरक्षा रकम सहयोग

कात्तिक ४ (काठमाण्डौ)
तेल अभिभ । इजरायलको तेलअभिभस्थित संयुक्त नेपाली मण्डली इजरायलले जारी द्वन्द्वयुद्धमा इजरायली डिफेन्स फोर्स (आइडिएफ) अर्थात इजरायली सेनालाई आवश्यक सुरक्षा सामग्रीको लागि ५० हजार सेक्केल (झण्डै नेपाली १७ लाख रूपैयाँ) नगद सहयोग गरेको छ ।


शुक्रबार उत्तरी इजरायलको परदेस हन्ना पुगेर ओरेभ नहाल एशोसिएसन, विशेष युनिट फोर्सका प्रतिनिधिलाई मण्डलीको तर्फबाट पास्टर माया सुनुवार र प्रचारक दुर्गा देवी गुरुङले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

ओरेभ नहालले उक्त सहयेगप्रति नेपाली मण्डलीलाई विशेष आभार प्रकट गरेको छ । ‘यो सहयोगले हामीलाई कति छोएको छ भन्ने शब्दमा व्यक्त गर्न गाह्रो छ, तपाईंको मद्धत, हामीले थाहा पाएको सबैभन्दा अन्धकार घडीमा उज्यालो ल्याउन हामी सँगै छौं ।’ ओरेभ नहालले भनेको छ ।

इजराय–हमास युद्ध जारी रहँदा पछिल्ला दिनहरूमा ओरेभ नहालले सिलाई कार्यशाला स्थापना गरी लडाइँमा रहेका सेनाहरूको सुरक्षा सामाग्री बनाउने, सिलाईका सबै सामानको गुणस्तर कायम गर्ने र सैनिकहरूको सुरक्षा र उच्च मनोबलको लागि कडा मेहनत गरिरहेको छ । उक्त अभियानमा संयुक्त नेपाली मण्डलीको उदार भावना सहितको आर्थिक सहयोगले ठुलो काम गर्ने र यस महत्त्वपूर्ण प्रयासमा संयुक्त नेपाली मण्डलीलाई साझेदारको रूपमा पाउँदा सम्मानित महसुस गरेको ओरेभ नहालका प्रतिनिधिहरूको भनाई छ ।


दुखको समयमा अटल समर्थनको लागि आभार प्रकट गर्दै मण्डली परिवारलाई सहयोग रकमबाट हुने कामको प्रगतिको बारेमा बेलाबेलामा जानकारी गराइराख्ने र पुन ः परदेस हन्नामा भ्रमणको निम्तो दिने ओरेभ नहाल एशोसिएसनले जनाएको छ ।

मण्डलीकी प्रमुख पास्टर माया सुनुवारले यतिबेला मण्डलीको ढोका सुरक्षा सतर्कताको कारण बन्द रहे पनि इजरायल देश अनि हामी सबैको शान्ति सुरक्षाको लागि खटिने सेनाहरूको लागि मण्डलीले मुट्ठी खोल्ने निर्णय भएसँगै उक्त सहयोग उपलब्ध गराएको बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button