परमेश्वरको दृष्टिकोणमा बीउ र पैसा

– राजन पौडेल
शनिबारको दिन थियो । धेरै मानिसहरु एकसाथ परमेश्वरको आराधना गरिरहेका थिए । भेटी उठाउन भजन सुरु भयो । एक जना जवान भाई भेटीको झोला लिएर अगाडि बडे । खगेन्द्रले भेटीमा रु २० चडाउने निर्णय गरेका थिए तर उनले छेउमा बस्ने साथीलाई देखाउनलाई सबैले देख्नेगरी रु १०० को नोट झोलामा खसाले । मानिसहरुलाई देखाउनलाई आफ्नो मनले चाहेको भन्दा ज्यादा पैसा दिएर अरु भन्दा आफू ज्यादा आत्मिकी वा दानी छु भन्ने कुरा देखाउनु उनको लागि सामान्य बनेको थियो । आफुले दिएको सबै रुपैया–पैसाको हिसाब राखेर एकदिन स्वर्गमा प्रभुलाई देखाउने उनको ठुलो इच्छा थियो ।

मृत्यु पश्चात स्वर्गमा स्वर्गदूतहरुले उनको राम्रै स्वागत गरे । खगेन्द्रलाई सबै भन्दा हतार आफ्नो हिसाब–किताब हेर्नुमा थियो । उनले एउटा स्वर्गदुतलाई एकान्त बोलाए र आफूले दिएको सबै पैसाको हिसाब हेर्ने इच्छा जाहेर गरे । उनको अगाडि सबै खाता–पाता खोलेर स्वर्गदुतले देखाइ दिए । उनले फाइललाई ध्यानसग हेर्दै गए । एक बिशेष ठाउमा पुगेपछी उनी रोकिए र स्वर्गदुतलाई हकारेर भने, “तिमीहरुलाई हिसाब–राख्न पनि आउँदैन ? यो शनिबार मैले रु १०० भेटी चाडाएको थिएँ, तिमीहरुले रु २० मात्र लेखेका छौ ।” स्वर्गदुतले नम्र स्वरमा उत्तर दिदै भने, “हेर्नुस स्वर्गमा हिसाब राख्ने तरिका फरक छ । यहाँ मानिसहरुले हृदयबाट खुसीसाथ चडाएका कुराहरुमात्र रेकर्ड गरिन्छ । त्यो दिन तपाईंको रु २० मात्र भेटीमा चडाउने इच्छा थियो । त्यसैले यहाँ त्यो मात्र रेकर्ड राखियो । तपाईंले अरुलाई देखाउन दिएको पैँसा यहाँ रेकर्ड हुँदैन ।”

खगेन्द्रले हतारिदै भने, “एकजना ब्याक्तिले मलाई पैँसा रोप्नु पर्छ भनेर सिकाए, रोपेपछी फल्छ होला भनेर मैले उनलाई बारम्बार ‘बीउ पैसा’ पठाएँ । त्यस्को हिसाब खोइ त ? “अनी मैले केही संस्थाहरुलाई पनि पैसा दिएको थिए, त्यस्को हिसाब नि ?” स्वर्गदुतले भने, “तपाईंले जसलाई दिए पनि जे नाममा दिए पनि त्यो पैँसा सही काममा सदुपयोग भयो भने मात्र यहाँ रेकर्ड हुन्छ, यहाँ रेकर्ड भएको छैन भने बुज्नुस् तपाईंले पैँसा गलत ठाउँमा दिनुभयो र त्यसको सदुपयोग भएन अथवा तपाईंको पैँसा पुरै खेर गयो । “स्वर्गदुतले थपे, “तपाइले कसैलाई दिएको पँैसा सही तरिकाले, सही ठाउमा खर्च भए नभएको निस्चित गर्ने जिम्मा पनि तपाईंकै हो ।” स्वर्गदुतले उनलाई व्यवस्था २६ः१२ पडेर सुनाए, “ दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी,परदेशी, टुहुरा–टुहुरी र विधवालाई तिमीहरुले त्यो दिनू, ताकि तिमीहरुका सहरहरुमा तिनीहरुले त्यो खाऊन् र तृप्त होऊन् ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button