पर्सामा एक दिने दिदिबहिनी जागृति सम्मेलन

प्रेम घिमिरे
पर्सा, २१ भदौ ।। पर्सा ख्रीष्टियन समाज अन्तर्गतको दिदिबहनी समितिको आयोजनामा एक दिने दिदिबहिनी जागृति सम्मेलनको आयोजना गरिएको छ ।


पर्सा जिल्लामा रहेका विभिनन मण्डलीका दिदिबहिनीहरु आत्मिकरुपमा जागृत गराउँने उद्देश्यकासाथ एक दिने जागृति सम्मेलनको आयोजना गरिएको हो ।


प्रर्साको बिरगंञ्ज स्थित नवजीवन ए.जी चर्चमा आयोजित एक दिने दिदिबहिनी संगतिमा करिब १५० भन्दा बढी दिदीबहिनीहरुको सहभागीता रहेको छ ।


सम्मेलनमा वक्ताको रुपमा एन.सि.एफ युवा विभागका अध्यक्ष लाजरस तामाङ, रेनुका म्याथ्यु, रिता कोइराला रहनुभएको छ ।


एक दिनको लागि आयोजना गरिएको दिदिबहिनी संगतिमा पर्सा दिदीबहिनी संगतिकी अध्यक्ष सुजता क्षेत्रीले सबै दिदिबहिनीहरुलाई स्वागत गर्नुभको थियो भने पास्टर पुरुषोत्तम कोइरालाले आराधनामा अगुवाई गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button