पर्सा ख्रीष्टियान समाजले ग¥यो व्हील चेयर सहयोग

पर्सा,१४ जेठ ।। पर्सा ख्रीष्टियन समाजले पूर्ण रुपमा शारीरिक रुपमा अपाङ्ग रहेका दुई जनालाई व्हील चेयर सहयोग गरेको छ ।


पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का २२ वर्षीय दिनेश राम र वडा नं. २ का १२ वर्षीय अमिर महतो थारुलाई पर्सा ख्रीष्टियन समाजले सोमबार व्हील चियर सहयोग गरेको हो ।


पर्सा जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको पर्सा ख्रीष्टियन समाजले एन.सि.एफ नेपाल युवा आयोगका अध्यक्ष लाजरस तामाङको समन्वय र स्थानीय सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा व्हील चियर सहयोग गरिएको छ ।


स्थानीय अगुवाहरु र पर्सा ख्रीष्टियन समाजका अध्यक्ष रामप्रसाद घिमिरेको सहभागीतामा व्हील चियर सहयोग गरेपछि शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति आफन्तहरुले पर्सा ख्रीष्टियन समाजलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button