पाकिस्तानका इसाईहरुलाई सतावट बढ्दै

काठमाण्डौँ, ५ भदौ २०८१ ।।
क्रिस्चियन विरोधी सतावटको लहर चलेको एक वर्षपछि पाकिस्तानमा क्रिस्चियनहरू थप हिंसात्मक आक्रमणको डरमा बाँचिरहेको बताइएको छ ।


शुक्रबार क्रिश्चियनहरू विरुद्ध हिंसाको एक वर्षको वार्षिकोत्सव मनाइयो । जहाँ हजारौँको भीडले २५ भन्दा बढी चर्चहरु तोडफोड गरेको द्दछ गिर्जाघर तोडफोड गरेको बताइएको छ ।


पाकिस्तानमा स्थापना भएका चर्चहरुको समुहले चर्च तोडफोड नगर्न आग्रह गरेता पनि हजारौँको भीडले चर्चहरु तोडफोड गरेको छ ।


जारनवालाका धर्मगुरु फादर याकुब योसेफले चर्च भवन तोडफोड भएपछि यस क्षेत्रका ख्रीष्टियनहरुले त्रसित महसुस गरेको बताएका छन् । उनले भनेको छन्, “पाकिस्तानका ख्रीष्टियनहरुले आफ्नो अधिकार सहितको न्याय पाएका छैनन् । त्यसकारण उनीहरु त्रसित अवस्थामा छन् ।”


आन्दोलन गरेर चर्च तोडफोड गर्ने अभियुक्तलाई पाकिस्तान सरकारले कार्वाही गरेता पनि उनीहरु छिटै रिहा भएर फेरि चर्चमा आतंक मच्चाएको बताइएको छ । पाकिस्तानका चर्चहरुले अपराधिक गतिविधि गर्ने र सामाजिक सद्भाव भट्काउनेहरुलाई कानूनी कार्वाही गर्नुपर्ने माग राखेका छन् ।

ख्रीष्टियन विरुद्धको गतिविधि गर्ने ३०५ जना पक्राउ परे पनि हालसम्म ५ जना मात्र जेल परेको क्याथोलिक चर्चको नेशनल कमिसन फर जस्टिस एन्ड पिसले जनाएको छ ।


हिंसाको सम्बन्धमा एक जनालाई मात्रै सजाय सुनाइएको थियो र ती व्यक्ति क्रिश्चियन व्यक्ति एहसान शान थिए । सामाजिक सञ्जालमा निन्दापूर्ण तस्बिर सेयर गरेकोमा दोषी पाइएपछि उनलाई निन्दा गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button