पाटन संयुक्त क्याम्पसका टहरा हटेर भवन कहिले बन्लान् ?


ललितपु ७,वि. सं २०११ सालमा स्थापना भएको ललितपुरको पाटन क्याम्पस लामो इतिहास बोकेको क्याम्पस हो । २०३० सालदेखि त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा रहेर नाम चलेको पाटन क्याम्पसको भौतिक संरक्षनाको अवस्था नाजुक छ ।


२०७२ को भुकम्पले पाटन क्याम्पसका भवनहरुमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्नेगरी रातो स्टिकर टाँसियो तर आजसम्म रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन् । दिनप्रतिदिन जिर्न बन्दै गएका भवनहरुमा मास्टर्स लेबलका बिद्यार्थीहरु अध्ययनरत छन् ।


विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त झन पानी चुहिन्छ । अन्य टिनका बल्कहरुको छतहरु टिनले टालिएको छ । प्रत्येक पुराना भवनको झ्यालका सिसाहरु फुटेका छन् । भवन छेवछाउमा फोहरसँगै घाँस उम्रेको छ ।


भवनहरुमा २०७२ को भुकम्पले क्षति पु¥याएपछि ९ वटा भवन प्रयोग गर्न नमिल्ने भनि रातो स्टिकर टाँसेको पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा. लक्ष्मणसिंह कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुनः निर्माणको लागि पुनः निर्माण प्राधिकरणलाई भेटेरै पत्रचार गर्नेकाम ग¥र्यौँ । रातो स्टिकर टाँसेको भवनमा अध्ययन गर्नु बाहेक अर्को विकल्प हामीसँग थिएन । अहिलेसम्म नयाँ भवन निर्माण नहुँदा रातो स्टिकर टाँसेकै भवन प्रयोगमा छन्


क्याम्पस प्रमुख लक्ष्मणसिँह कुँवरको अनुसार भुकम्पपछि ताइवानको चुजी फाउण्डेशनले सहयो स्वरुप १५ वटा प्रिफ्याक टहरा निर्माण गरेको थियो । फाउण्डेशनले पाटन क्याम्पसलाई हन्तराष्ट्रिय लेवलको सुविधासम्पन्न क्याम्पस निर्माण गर्न करिब २ अर्ब रकम लगानी गर्ने प्रस्ताव गरेको थियो तर नेपाल सरकार र ताइवान सरकारको कुटनीति पक्ष बलियो नभएका कारण त्यो काम अगाडि बढ्न सकेन ।


२०३३ सालमा केही समयका लागि अस्ताइरुपमा निर्माण गरेका ३ वटा टिनका टहरामा अहिलेसम्म पनि विद्यार्थीहरु अध्ययनरत छन् । निकै पुराना भएका ती टिनका बल्कहरु भुकम्प अगि पनि जिर्न अवस्थामा नै थिए । भुकम्पपछि रातो स्टिकर टाँसियो तर पनि अहिले विद्यार्थीहरु जिर्न भवनमा अध्ययन गर्न बाध्य छन् । तावाइनको चुजी फाउण्डेशनले निर्माण गरेका प्रिफ्याक बल्कहरु पनि प्रयोगमा छ तर ती टहराहरु पनि निकै जिर्न भइसकेका छन् ।


क्याम्पस प्रमुख लक्ष्मणसिँह कुँवरले भन्नुभयो, ‘हाम्रो आन्तरिक स्रोतबाट केहि भवनहरु निर्माण गरेका छौँ । हाल पाटन क्याम्पसको विभिन्न २८ वटा विभाग छन् भने करिब १० हजार बढि विद्यार्थी पाटन क्याम्पसमा अध्ययनरत छन् । विद्यार्थीहरुलाई भवनकै कारण सहजसाथ अध्ययन गर्ने बातावरण छैन ।’


क्याम्पस प्रमुख कुँवरको अनुसार पाटन क्याम्पसको भवन निर्माणको लागि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यन्वयन इकाईले २०७८ मा जिम्मा लिएपछि टेन्डर प्रक्रियामा छ । रातो स्टिकर टाँसीएका अस्तव्यस्त यी भवनहरुलाई भत्काएर नयाँ भवन कहिले निर्माण हुन्छन् भन्ने अझै थाह छैन ।


पाटन संयुक्त क्याम्पसको प्रशासनीक भवन नै जिर्न अवस्थामा छ । आन्तरिक स्रोतबाट निर्माण भएका केहि भवन बाहेक अरु सबै भवन जिर्न अवस्थामा छन् । देशकै नाम चलेको पाटन क्याम्पसमा भवनमात्र नभएर अरु व्यवस्थापन राम्रो हुन सकिरहेको छैन । पाटन क्याम्पसको व्यवस्थापनको लागि नत सरकारको ध्यान गएको छ नत जिम्मेवारी निकाएको । व्यवस्थापन पक्ष निकै फितलो बन्दै गइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button