पोप फ्रान्सिस् र राष्ट्रपति जो बाइडेन बीच इजरायल र हमासबारे छलफल

कात्तिक ६, काठमाण्डौँ ।। पोप फ्रान्सिस र अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार दिउँसो इजरायल र गाजाको अवस्थाबारे फोन वार्ता भएको व्हाइट हाउसको एक विज्ञप्तिले पुष्टि गरेको छ ।


होली सी प्रेस अफिसको अनुसार करिब २० मिनेटसम्म फोन कल मार्फत इजरायल र हमास युद्धको बारेमा कुराकानी भएको थियो । इजरायल र प्यालेस्टाइन लगायत विश्वव्यापी रुपमा शान्ति कायम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

केहि दिन अगि इजरायल पुगेर अनुगमन गर्नुभएका राष्ट्रपति वाइडेनले इजरायली नागरिकहरू विरुद्ध हमासले गरेको बर्बर आक्रमणको निन्दा गर्नुभयो । उहाँले गाजामा देखिएको भयानक विनासको समेत दुःख व्यक्त गर्नुभएको छ । वाइडेनले इजरायल र प्यालेस्टाइनको युद्धको कारण भएको मानवीय क्षतिमा राहत वितरण गर्ने कुरालाई प्राथामिकतामा राख्नुभएको छ ।

पोप र राष्ट्रपतिले ह्वाइट हाउसले उल्लिखित “क्षेत्रमा बढ्दो तनाव रोक्न र मध्य पूर्वमा दिगो शान्तिको लागि कामना गर्दै शान्ति कायम गर्नको लागि छफल समेत गर्नुभएको छ ।

पोप फ्रान्सिसले भन्नुभएको छ ‘मेरो विचार इजरायल र प्यालेस्टाइनमा के भइरहेको छ भन्नेतिर फर्किन्छ । म धेरै चिन्तित र दुःखी छु । म पीडित, बन्धकहरू, घाइतेहरू, र तिनीहरूका परिवारहरू सबैको निम्ति प्रार्थना गर्छु ।


त्यसैगरी पोप फ्रान्सिसले युक्रेनमा कठिनाइ भोगिरहेका मानिसहरूप्रति समेत दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभएको छ “संसारको हरेक युद्ध एक पराजय हो । युद्धले मानव भाइचाराको विनाश हो । यसलाई तुरुन्त रोक्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button