बुटवल ख्रीष्टियन समाजद्वारा रक्तदान कार्यक्रम


बुटवल, १८ भदौ । बुटवल ब्लड बैँकमा रगतको कमी हुन थालेपछि बुटल ख्रीष्टियन समाज रुपन्देहीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


बुटल ख्रीष्यिन समाज रुपन्देहीको अयोजना गरेको रक्तदान कार्यक्रममा अनुग्रह प्रार्थनाच संगति, बुटुवल ख्रीष्टियन संयुक्त दिदीबहिनी संगतिले प्रायोजन गरेको थियो ।


मंगलबार बिहान ८ बजदेखि सुरु गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको पास्टर हरि रेग्मीले जानकारी दिनुभयो । पास्टर हरि रेग्मीका अनुसार,बुटवल ख्रीष्टियन समाज रुपन्देहीले ब्लड बैँकमा रगतको अभाव हुने वित्तिकै रक्तदान कार्यक्रम गर्दे आएको छ ।


बुटवल ख्रीष्टियन समाजले रक्तदान लगायत अन्य विभिन्न सामाजिक कार्यमा योगदान पु्¥याउँदै आएको छ । ख्रीष्टियन समाज अन्तर्गत जवान संगति, दिदीबहिनी संगति लगायत अन्य संगति सामाजिक कार्यक्रमा सक्रिय रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button