मलको चिन्ताले किसानहरु धान दिवसमा खुसी हुँदैनन्

असार १६ (२०८०) ललितपुर


नेपालमा असार १५ मा राष्ट्रिय धान दिवस मनाइन्छ । वि.सं २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तिरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि नेपालले राष्ट्रिय धान दिवस मनाउदै आएको छ । असार १५ लाई किसानहरुको दहि चिउरा खाने विशेष दिनको रुपमा लिने गरिन्छ ।

यो वर्ष ललितपुरमा असार १ गतेदेखि रोपाइ सुरु भए पनि रोपाई सकिन अझै बाँकि छ । आज राष्ट्रिय धान दिवसमा किसानहरु खेतमा बेस्त छन् । धमाधम रोपाई चलिरहेको छ । संस्थाहरुले हर्षका साथ धान विवस मनाएपनि किसानहरुसँग हरेक वर्ष खेतीपातीको समयमा मल नपाउनुको पीडा छ ।

ललितपुर महानगरपालिकामा हाल सम्म करिब ३५ प्रतिशत मात्र रोपाई सकिएको ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा देवि पण्डीतले जानकारी दिनुभयो । ललितपुरमा पानी भएको ठाउँहरुमा रोपाइ सकिएपनि भिरालो ठाउँमा खेत भएका किसानहरु अझै आकासे पानीको प्रतिक्षामा छन् ।

असार १५ अर्थात धान दिवसको दिनमा खेतमा काम गर्दै गरेका ललितपुर महानगरपालिका वडा न. २९ खोकनाका किसान ज्ञानलाल महर्जनको खेतमा राख्नको लागि प्रयाप्त युरिया मल नपाएको गुनासो छ ।
त्यस्तै सोही ठाउँका अर्का किसान कृष्णहरि डंगोलले गत वर्ष भन्दा यो वर्ष रोपाई अलि ढिलो सुरु भएको जानकारी दिनुभयो । किसान कृष्णहरि डंगोलले भन्नुभयो, ‘गत वर्ष समयै पानी परेको कारण असार दोस्रो हप्ता रोपाई सकिएको थियो तर यो वर्ष असार १५ गते पुगिसक्दासम्म जम्माजम्मी४० प्रतिशत रोपाई सकिएको छ ।’

६८ वर्षिय कृष्णहरि डंगोले वि.सं २०३३ सालमा आफ्नो २ रोपनी जग्गामा करिब २८ मुरी धान फलेको तर अहिलेको समयमा धान उत्पादन घट्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समयमै मल माउँदैन । खेतिपातीको समयमा मल नपाइने भएको कारण विस्तारै उत्पादन पनि घट्दै गएको छ । पहिले २८ मुरी धान उत्पादन हुन्थ्यो भने अहिले जम्माजम्मि १८ मुरी मात्र धान उत्पादन हुन्छ ।

गत वर्ष ५० किलो मलको मुल्य करिब एक हजार १ सय थियो भने वर्ष युरिया मलको मूल्य दुई हजार २ सय रुपैँया परेको ललितपुर महानगरपालिका वडा नं. २१ खोकनाका किसान सर्बिन महर्जनले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘धानको लागि खेतमा मल राख्नुपर्ने समयमा मल आउँदैन । आएपनि घण्टौँ लाइन बस्नुपर्छ । घण्टौँ लाइनमा बसेर पनि चाहिने जति मल पाउन सकिएको छैन । समयमै मल नहाल्नुको कारण हरेक वर्ष उत्पादन घट्दै गएको छ ।’

ललितपुरमा गत वर्ष भन्दा यो वर्ष समयमै पानी नपरेको कारण रोपाई ढिलो भएको छ । किसानका अनुसार असार दोस्रो हप्तासम्म धान रोपिसक्दा उत्पादन राम्रो हुनेगर्छ । यदि समयमै पानी नपरेर असार १५ भन्दा पछाडि धान रोपाई सुरु हुँदा उत्पादन सोचेजस्तो हुदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button