“मिसन विनाको मण्डली मृत मण्डली हो”

पा. बाइबल पुन
“यसकारण जाओ र सबै जातीलाई चेला बनाओ, पिता पुुत्र पवित्रात्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ र मैले तिमीहरुलाई आज्ञा गरेका सब कुुरा पालन गर्न तिनीहरुलाई सिकाओ” (मत्ती २८ः १९—२०)


सुुुसमाचारका चारवटा पत्रहरु यस्ता अद्घितीय पत्रहरु हुुन् जुुन पत्रहरु सुुसमाचार सुनाउनको लागि खाली सुसमाचारका पत्रहरु बन्न सकुुन् भन्ने हेतुुले मात्र लेखिएका थिएनन् बरु ती पत्रहरु भावीे मण्डली र मिसन लागि एक महत्वपुुर्ण दस्तावेज बन्न सकोस् भने बहुुआयामिक उद्देश्य प्रेरित भएर ती पत्रहरु मण्डलीहरुलाई लेखिएको थियो । ती पत्रहरुले खाली प्रभुु येशुुको जन्म, सेवकाई र मृत्युुको बारेमा मात्र विवरणहरु दिदैनन् बरु त्योे भन्दा भढीे परमेश्वरको राज्य, मण्डली र मिसनको प्रति येशुु ख्रीष्टको बलियो अवधारणा, दर्शन र लक्ष्यलाई प्रष्ट पार्ने काम गर्दछन् । ती चारवटै पत्रहरुको केन्द्रित विषयबस्तुु चाहिँ मिसन हो । त्यसैकारण हरेक सुुुसमाचारका पत्रहरुले आफ्नो पत्रको समापन “जाओ वा पठाएको” भन्ने महान आज्ञाबाट अन्त्य गरिएको पाइन्छ । यस कुुराबाट यही बुुझ्न सकिन्छ कि परमेश्वरको ह्दयको धड्कन चाहिँ मिसन हो । बास्तवमा परमेश्वरको ह्दयमा धड्किरहने धड्कन चाहिँ मिसन…मिसन…मिसन…. मात्रै हो । यही कुुरा नै ती चारवटा सुुसमाचारका पत्रहरुले मण्डलीहरुलाई बुुझाउन खोजेका देखिन्छ ।


ती चारवटै सुुसमाचारका पत्रहरुमध्ये अझ बढी मत्तीको पत्र चाहिँ विशेष मण्डली र मिसन केन्द्रित पत्रको रुपमा चिनिन्छ । किनकी मत्ती मात्र हुुन् जसले आफ्नो पत्रमा प्रभुु येशुु आफैले तीन पटक मण्डली अर्थात एक्लेसियां भन्ने शब्द प्रयोग गर्नुु भएको बारेमा देखाएका छन् (मत्ती १६ः१८; १८ः१७) जुुन शब्द अरु तीन सुुसमाचारको पत्रहरुका कतै पनि पाईदैन । बास्तवमा मण्डली भन्ने शब्द मत्तीले मात्र प्रयोग गरेको देखिन्छ । तसर्थ मण्डली अर्थात एक्लेसियाको अवधारणाको आधारशिला रुपमा मत्तीको पत्रलाई मानिन्छ । जहाँ येशुुले भन्नुुभयो “म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछुु र नरकका ढोकाहरु त्यसमाथि विजयी हुुनेछैनन्”। मत्तीले आफ्नो पत्रमा मण्डलीको प्रसङ्गलाई मात्रै होइन सगंसगैै मण्डलीको मिसनलाई पनि अति जोड दिएका छन् । किनकी मिसन विनाको मण्डली मृत मण्डली हो । जसरी याकूूब २ः१७ ले भन्दछ “काम विनाको विश्वास मृत विश्वास हो ।

बास्तवमा मिसनले मण्डलीलाई जन्म दिन्छ भने मण्डलीले मिसन जन्म दिनुुपर्छ । यी दुुवै एक अर्काका परिपुुरक हुुन् । यी दुुवैले एकअर्कालाई जन्म दिने र अस्तित्वमा ल्याउने काम गर्दछन् । कामको आधारमा मिसन विऊ हो परिणामको आधारमा मण्डली फल जस्तै हो तर चक्रिय प्रणाली अनुुसार त्यहीे फल अर्थात मण्डलीले पुुनः बिऊ अर्थात मिसनको रुपमा फेरि अझै फल फलाउने आशामा छरिनुु पर्दछ । मण्डली र मिसनको लागि पनि यो चक्रिय प्रणाली लागुु हुुन्छ । त्यसैकारण प्रभुु येशुुले यूूहन्ना १५ः१६ मा यसरी भन्नुुभयो “मलाई तिमीहरुले चुुनेनौ तर मैले तिमीहरुलाई चुुने र तिमीहरुलाई नियुुक्त गरे कि जाओ, र फल फलाओ र अनि तिमीहरुको फल फलिरहोस्…” यो खण्डमा मिसललाई यही फल फलाउने चक्रिय प्रणालीसगं तुुलना गरिएको छ । त्यही भएर अग्रेजीमा मण्डली स्थापना लाई चर्च प्लान्ट भन्ने शब्द प्रयोग गरिन्छ , यसको गहिरो अर्थ छ । किनकी मण्डली विऊ रापे जस्तै हो संघसंस्था खोलेजस्तो होइन । विऊ रोप्ने काम मण्डलीको मिसन हो । यो ओपनिङ्ग अर्थात खोलाई होइन प्लान्ट अर्थात रोपाई हो । ताकि अझ धरै फल फल्न सकोस् र पुुनः विऊ रुपमा काम गर्न सकोस् । त्यसो भए, मण्डलीले किन मिसन गर्न अत्यावश्यक छ । तीन ओटा महत्वपुुर्ण कुुराहरु हेर्नेछौ ।


१. पहिलोः परमेश्वरले हामीलाई महान आज्ञा दिनुुभएको छ ः हामीले माथि यस विषयमा नै धेरै चर्चा गरिसकेका छौ । मत्ती २८ः१९—२० अनुुसार प्रभुु येशुुले आफ्ना चेलाहरुलाई मात्र जाओ भनेर महान आज्ञा दिनुुभएको थिएन । यो महान आज्ञा विश्वव्यापी मण्डलीको लागि परमेश्वरको मिसन पुुरा गर्न जानैपर्ने आज्ञा दिनुुभएको थियो । यो महान आज्ञा मण्डलीले गर्ने छनोट होइन । यो त परमेश्वरले मण्डलीलाई दिनुुभएको मुुख्य काम ९त्बकप० हो । यदि मण्डली परमैश्वरले दिएको मुुख्य काम नै गुुमाएको छ भने त्यो मृत मण्डली हो । अर्कौ शब्दमा मिसन गुुमाएको मण्डली मृत मण्डली हो । त्यसैले महान आज्ञा छनोट होइन । यो हरेकलाई परमेश्वरले दिनुुभएको आज्ञा हो अनि मण्डलीको मुुख्य काम हो । यो सबैको लागि अनिवार्य छ । यसमा सबैजना सहभागी हुुनैपर्छ । त्यसैले सबैजना जानुुपर्छ ।


२. दास्रोः हराईरहेका मानिसहरुले हामीहरुलाई बोलाईरहेका छन्ः पे्ररित १६ः९ अनुुसार यो परमेश्वरको महान आज्ञा मात्र होइन । यो आशा हराएका मानिसहरुले बोलाईरको चर्को आवाज हो । यो हाम्रो ह्दयले मानिसको तर्फबाट सुुन्नुुपर्ने र बुुझ्नपर्ने तीनीहरुको चित्कार हो । पावल एसियामा बचन प्रचार गर्न मनाही भएपछि बेथानियातिर जाने निर्णण गर्दै थिए । तर पवित्रात्मा पावललाई त्यहाँ जानबाट रोक्नुुभयो, अनि राती दर्शनमा माकेडोनियाबाट एक मानिसले माकेडोनिया आउनुुहोस् र हामीलाई सहायता गर्नुुहोस भन्ने पावलले दर्शन पाए पछि माकेडोनियातिर लागे । यो कुुराले यही जनाउदँछ कि आज पनि विभिन्न ठाउँहरुबाट हराईरहका मानिसहरुले हामीलाई बोलाईरहेका छन् । हामीले तीनीहरुले बोलाईरहेको आवजलाई सुुन्न र परमेश्वरको दर्शनको खाजी गर्न आत्वश्यक छ । त्यसैले हामी हराईरहेका मानिसहरुको खातिर जानैपर्छ ।


३. तेस्रो हाम्रो आफ्नै अन्तरआत्माले जान आग्रह गर्दछ ः १ कोरिन्थी १६—१७ अनुुसार यो पवित्रात्माले हामी आफुैभित्र हालिदिनुुभएको बुुलन्द आवाज हो । यसले हामी सबैलाई सुुसमाचारको खातिर जान कर लगाईरहन्छ । यस खण्डमा पावल यही कुुरा लेख्दछन् ” किनकी सुुसमाचार सुुनाउन म बाध्य छुु । यदि सुुसमाचार प्रचार गरिन भने मलाई धिक्कार छ” । यदि हामी सच्चा प्रभुुको जन हो भने हाम्रो आफ्नै आत्माले त्यस कुुराको गवाही दिन्छ र हामीलाई जान बाध्य बनाउँछ । बास्तवमा पावलले जान नसकेको र सुुसमाचार सुुनाउन सकेको जीवनलाई धिक्कार को जीवन भनेर व्याख्या गरेका छन् । किनकी हाम्रो मनमा परमेश्वरले घच्घच्याउदा घच्घच्याउँदै पनि ह्दयलाई कठोर पार्नुु र नजानुु परमेश्वरलार्ई विरोध गरेको बराबर हुुन जान्छ । त्यसैले मिसनको लागि जानुु भन्ने कुुरा हाम्रो आफ्नै अन्तरआत्माले आग्रह गरेको कुुरा हो । त्यसैले यो आवाजलाई हामी सबै सुुन्नेपर्छ र हामी जानैपर्छ । यस कुुरामा कुुनै सम्झौता छैन ।


त्यसैले अन्तमा एकजना महान मिसनरी हड्सन टेलरले यसरी भनेका छन् “महान आज्ञा हेरफेर गरिनलाई दिएको कुुनै एक छनोट वा विकल्प होईन, यो पुुरा ह्दयले आज्ञा पालन गरिनलाई दिएको आदेश हो” त्यसैले सबै मण्डलीहरुले यस महान आज्ञालाई सारा ह्दयले पालना गर्न अत्यावश्यक छ । किनकी त्यो परमेश्वरको ह्दयको धड्कन हो । त्यहि धड्कनले मात्र मण्डलीलाई जीवित राख्छ । अनि त्यो धड्कनलाई मण्डलीहरुले धड्किरहन दिनुुपर्छ । तबमात्र मण्डली जीवित रहन्छ नत्र त्यो मण्डली एक मृत मण्डली सरह हो ।
धन्यावाद !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button