युक्रेनद्वारा रसियासँग सम्बन्धित चर्चलाई प्रतिबन्द गर्ने तयारी

कार्तिक ४ (काठमाण्डौ)
रुसी अर्थोडक्स चर्चसँग नजिकको सम्बन्ध रहेको युक्रेनी अर्थोडकस चर्चलाई युक्रेनको सिमाभित्र सञ्चालन गर्न युक्रेनी संसँदले बिहिबार एक विधेकको लागि प्रारम्भिक मतदान गरेको छ ।


मस्यौदा कानून ८३७१ ले युक्रेनमा स्थापित भएका संस्थाहरुको सम्बन्ध रसियासँग कस्तो छ भन्ने जाँचा गर्छ र रसिया सँग सम्बन्धित कुनै पनि संस्थालाई बन्द गर्ने अधिकार पाउने छ ।


मस्यौदा कानून, युक्रेनको संसदीय नियमहरू अन्तर्गत, अझै पनि दोस्रो मतदानबाट पारित गरेपछि यसलाई संशोधन गर्न सकिन्छ । यो कानून बन्नु अघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको स्वीकृति गर्नुपर्ने हुन्छ ।

रसिया र युक्रेन बीचको पूर्ण स्तरको युद्धको प्रकोपको कारण युक्रेन र विश्वभरका रूसी अर्थोडक्स पादरीहरुले द्धन्दको आरोप खेप्नु परेको छ । पादरीहरुले भने राजनीतिक स्वार्थको लागि जोडिएको द्धन्दमा आफूलाई नजोड्न आग्रह गरेका छन् ।


युक्रेनका धर्म र अर्थोडक्स इसाई धर्मका विद्वान ओलेक्सान्डर किरिलेन्को अनुसार रूसी अर्थोडक्स चर्चको रूसी विशेष सेवाहरूसँगको सम्बन्धको धेरै लामो इतिहास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button