येशूको पछि म हिड्न लागेँ !

आज पनि चर्चमा मधुर स्वरमा एउटा भजन गाइन्छ, “येशूको पछि म हिड्न लागेँ, फर्कदिन, फर्कदिन ।” भावनात्मकरुपमा यो भजन गाउँदा धेरैको मन येशूसँग जोडिन्छ । यो भजनको पुरै अंश गाउँने हो भने बढो आनन्द आउँछ । हामी येशूको पछि हिडेका मान्छेहरु हौँ । जस्तोसुकै बाधा र अफ्ठेरा परिस्थितिहरु आएपनि हामी येशूलाई छोड्दैनौँ । दुनियाले त्यागेतापनि हामी येशूको पछि लागिरहन्छौँ तर छोड्दैनौँ ।


हामीले हाम्रो विश्वासलाई येशूकोपछि निरन्तर हिडाउँनकोलागि र अन्तसम्म हाम्रो जीवन सर्मण गर्नको लागि हामी र हाम्रो परमेश्वरको सम्बन्ध नजिक हुनु आवश्यक छ । निरन्त प्रार्थना र मुक्तिको निश्चियता भएन भने हामी येशूको पछि हिड्न छोड्छौँ । हाम्रो विश्वास कम्जोर भएमा हामीलाई दुनियाले त्याग्नुपर्दैन । हाम्रा सामान्य पारिवारिक समस्या र संसारिक लोभलालचमा हामी येशूलाई छोड्न सक्छौँ ।


आज धेरै व्यक्तिहरुले मुक्तिको निश्चियता नगरेको कारण परमेश्वरमा विश्वास गरेको अर्थात येशूको पछि हिडेको केही वर्षपछि येशूको साथ छोड्ने गरेको देखिन्छ । हाम्रो विश्वास येशूको साथ छोड्नको लागि सुरुवात भएको विश्वास होइन यो त निरन्तररुपमा स्वर्गीय राज्यसम्म येशूसँगै हिड्ने विश्वास हो ।


पछिल्लो समय नेपालमा धेरै जना येशूको पछि हिडेको पाईन्छ तर येशूसँग हिड्दा हिड्दै बीचबाटोमै थाकेर येशू प्रभुलाई त्यागेका धेरै व्यक्तिहरु हुनुहुन्छ । हामीले उहाँहरुको विश्वास र उहाँहरुको थकानको निम्ति निरन्तर प्रार्थना गर्नु आवश्यक छ । किनकि येशूसँग हिड्को व्यक्ति फेरि कहिल्यै नफर्कियोस् र उसले अनन्त जीवनको यात्रा येशूसँगै पूरा गरोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button