राष्ट्रिय ख्रीष्टियन महासंघको दुई समुह आफैमा वैधानिकता खोज्दै

साउन १५ (२०८०) हरि जिज्ञासु
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले कुनै समय इसाई समुदायको पक्षमा काम गरेको कारण लोकप्रिय बन्दै गएपनि आजभोली ख्रीष्टियन महासंघको लोकप्रियता खस्किदै गएको अबस्था छ ।


पछिल्लो अवस्थामा राष्ट्रिय ख्रीष्टियन महासंघ दुई समुहमा विभाजित छ । यी दुवै समुहले राष्ट्रिय ख्रीष्टियन महासंघको लोगो, ब्यानर र छाप प्रयोग गरेर विज्ञप्ति निकाल्ने लगायतका संस्थागत काम गर्दै आएका छन् ।


उद्व चिमोरिया महासंघको कार्यवाहक अध्यक्ष तथा डोमा राई सह अध्यक्ष, र ज्ञानेन्द्रराज सापकोटा प्रवक्ता रहेको समुहले आफूलाई राष्ट्रिय ख्रीष्टियन महासंघको वैधानिक पदाधिकारी रहेको बताउँदै आएको छ । आज उक्त मुहले ललितपुरमा एक कार्यक्रम गरी आफू आधिकारिक रहेको कुरालाई प्रेस विज्ञप्ति मार्फत प्रष्ठ पारेको छ ।


त्यसैसैगरी आफू नै ख्रीष्टियन महासंघ नेपालको आधिकारीक संस्था बताउने सि.बि गहतराजकोे अर्को समुहले गरेको कृयाकलापलाई अवैधानिक कार्य गरेको भन्दै विज्ञप्ति सार्वजनिक गर्दै आएको छ । अर्को समुहका उद्व चिमोरिया, डोमा राई, र ज्ञानेन्द्र साप्कोटालाई साधारण सदस्य समेत नरहेको विज्ञिप्तमा उल्लेख गरेको छ । महासंघको साधारण सदस्य समेत नरहेको समुहले ख्रीष्टियन महासंघको माईनुट, छापा लगायतका सामग्रीको दुरूपयोग गर्ने गरेको आरोप लगाएको छ ।


दुईटा समुहले एउटै संस्थाको छाप र ब्यानर प्रयोग गरी इसाई समुदायको पक्षमा काम गर्छौँ भनेर विज्ञप्ति सार्वजनिक गर्दा राष्ट्रिय ख्रीष्टियन महासंघका यी दुई समुह इसाई समुदायको अगाडि हाँसिमजाक बनीरहेका छन् ।


कसरी दुई समुहमा विभाजित भयो महासंघ ?
२०७८ पौष १९ देखि २२ गतेसम्म राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औँ राष्ट्रिय भेलाले राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष रहेका सि.वि गहतराजलाई राजनीतिमा सक्रिय रहन प्रोत्साहन गरिएको थियो । त्यसै अनुरुप सि.वि गहतराजले सामाजिक एकता नामक पार्टी दर्ता गरी २०७८ फागुन १० गते प्रज्ञाप्रतिष्ठान भवन कमलादीमा पार्टीको औपचारिक घोषण गर्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघबाट राजिनामा दिएका गहतराजले सामाजिक एकता पार्टीमा १५१ जना केन्द्रिय समिति रहेको बताउनुभएको थियो ।


राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष पद त्यागेर महासंघको कार्यवक अध्यक्ष डा.रेभ फिलेमोन क्षेत्रीलाई हस्तातरण गरी सि.वि गहतराज राजनीतिमा केन्द्रित हुनुभएको थियो । सि.वि गहतराजले महासंघबाट राजीनामा दिएर राजनीतिमा केन्द्रित भएपनि महासंघको गतिविधिमा पनि सि.वि गहतराज उत्तिकै सक्रिय हुनुहुन्थ्यो । महांसघप्रतिको उहाँको सक्रियतालाई हेर्दा राजनीति असफल भए पुनः महासंघमै फर्केर अध्यक्ष दावि गर्ने दाउ रहेको प्रष्ठ देखिन्थ्यो ।


सि.वि गहतराज सामाजिक एकता पार्टीलाई सक्रिय बनाईरँहदा पार्टीभित्र विवाद सिर्जना हुँदाहुँदै सामाजिक पार्टीमा विवाद सुरु भयो । पार्टीभित्रको विवादसँगै गैँडाकोट चर्चको जग्गाको घटनाले सि.वि गहतराजलाई थप विवादित बनायो । गैँडाकोट चर्चको जग्गाको घटना बाहिरिएपछि सि.वि गहतराजलाई ठगीको आरोप लाग्यो । उक्त आरोपले सि.वि गहतराजको राजनीतिलाई सक्रिय रहनबाट बाधा दिएको देखिन्छ । सामाजिक एकता पार्टी भित्रको आन्तरिक विवाद बढ्दै गएपछि अध्यक्ष गहतराजले राष्ट्रिय ख्रीष्टियन महासंघको अध्यक्ष पदको याद आएको हुनसक्छ ।


राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भारतको नयाँ दिल्लीमा एसिया समिट आयोजना गर्दा अन्तिम चरणमा महासंघबाट राजीनामा दिएका सि.वि गहतराजले ख्रीष्टियन महासंघलाई अवैधानिक रुपमा हस्तक्षेप गरि समिट रोक्ने प्रयास गरेको अर्को समुहको भनाई छ । अर्को समुहले आफू बैधानिक रहेको भन्दै भारतको दिल्लीमा एसिया समिट सम्पन्न गरेको थियो । डा. फेलोमन क्षेत्रीको अध्यक्षतामा भारतको नयाँ दिल्लीमा एसिया समिट सम्पन्न भएपछि सि.वि गहतराजले डा.फिलेमाने क्षेत्रीलाई कार्यवाक अध्यक्षबाट हटाएर आफू स्वाघोसित अध्यक्ष बनेको गुनासो अर्को समुहको छ ।


राष्ट्रिय ख्रिष्टियन महासंघको ऐसिया समिटलाई महासंघमा नरहेका सि.वि गहतराजले हस्तपक्षेप गरी स्थिगित गर्न खोज्दा पनि अर्को समुहले भारतको दिल्लीमा समिट सम्पन्न गरेपछि राष्ट्रिय ख्रीष्टियन महासंघ दुई धारमा देखिएको हो ।

डा. फेलोमन क्षेत्री पछि २०७९ / ६/२९ गते महासंघको सह अध्यक्ष रहेकी डोमा राईलाई कार्यवाक अध्यक्षको रुपमा जिम्मा दिएर फेरि सि.वि गहतराजले नै डोमा राईलाई कार्यवाक अध्यक्षबाट हटाउनुभएको थियो । सि.वि गहतराज महासंघको अध्यक्ष पदबाट राजिनामा दिएर राजनीतिमा सक्रिय भएपनि पार्टीमा विवाद सृजना हुँदा पनि महासंघको पदाधिकारीको पद तलमाथि गराउनमै सक्रिय रहेकोले राजनितीमा असफल्ता भएपछि महासंघ नै विकल्प रोज्ने चाहान भएको प्रष्ठ देखिन्छ ।


राजनीतिमा सफलता प्राप्त गर्न नसकेपछि सि.वि गहतराज महासंघमा आफ्नो बर्चोस्व जमाउनको लागि पदाधिकारीहरुको पद तलमाथि गराउँने र छेनभरमै पद दिने र खोस्ने जस्तो अवैधानिक क्रियाकलाप गरेको अर्को समुहको भनाई छ ।

उद्व चिमोरिया कार्यवाक अध्यक्ष रहेको समुहले प्रेस विज्ञप्तिमा भनेको छ,“महासंघ कार्यालयमा तालाबन्दी गरी कोही पदाधिकारीहरुलाई पनि आउन बन्देज गरी कुनै पनि नियमित बैठक नवोलाई मनोमानी ढंगले निति नियम विपरीत काम गरेको ले महासंघको विधानको धारा १० का केहि उपधाराहरुलाई आर्कषित हुने गरि काम गरेकोले केन्द्रिय समितिको २०७९/०२/१७ गते बसेको बहुमत सदस्यले उहाँलाई निलम्बन गरि धारा ४४ अनुसार ३५ दिने म्याद दिई स्पष्टिरण सोधिएको थियो ।


उहाँले कुनै वास्ता नगरी समय भित्र स्पष्टिकरणको जवाफ नदिई आफ्नो मनोमानी ढंगले निलम्बित अवस्थामा पनि संस्थाको लेटरहेड र छापलाई दुरुपयोग गरी फौजदारी अभियोगमा मुद्धा विचाराधिन रहेको व्यक्तिहरुलाई समेत समेटी तथाकथित केन्द्रिय समिति गठन गरेको यस्ले गर्दा अझ महासंघको साख र मर्यादालाई गिराउने, महासंघलाई नै सिध्याउने कार्य गरेको छ ।”
मिति २०८०/०४/०३ गते बसेको विस्तारित केन्द्रिय समितिको बहुमत सदस्यले चरी बहादुर गहतराजलाई सोहि मितिबाट अध्यक्ष पदबाट पदमुक्त गरेको कुरा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ, समाजकल्याण परिषद् समेतलाई बोधार्थ दिइएको र पदमुक्त भएको कुरा अर्को समुहका प्रवक्ता ज्ञानेद्रराज साप्कोटाको भनाई छ ।


त्यसैगरी आफूलाई राष्ट्रिय ख्रीष्टियन महासंघको वैधानिक अध्यक्ष भन्ने सिवि गहतराजको समुहले प्रेस विज्ञप्ति जारि गर्दै अर्को समुहलाई गैर कानूनी क्रियाकलाप गरेको भन्दै आवश्यक कार्वाहीको लागि प्रहरीमा उजुरी दर्ता गराएको बताएको छ ।

Related Articles

One Comment

  1. बडो दुःखको कुरो ।
    अनि विचारणीय कुरा के हो भने, जब उही पात्र सधैंभरि र सबैसँग द्वन्द्वमा रहन्छ भने त्यहाँ केही समस्य अवश्य छ भन्ने आम बुझाइ रहन्छ । बारम्बार उही प्रकृतिका विषयमा विवादित भइरहनु नेतृत्वको लागि असल लक्षण होइन । यसले कि त अयोग्यता कि त नैतिक पतनको संकेत गर्छ । यसकारण सबै हिसाब किताब मिलाएर, सच्याएर सबै एक भएर गए असल हुने थियो, सम्भव छ र मिल्छ भने । छैन र मिल्दैन भने, सोहीअनुसार राज्यको कानुन, आस्थागत समुदायको मूल्यांकन र स्वर्गीय न्यायको सामना हरेकले गर्नुपर्नेहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button