रुकुमको अनुग्रह चर्चको अग्रसरतामा मध्यपहाडी लोकमार्गको नाला सफाई

रुकुम पूर्व, २० साउन ।।
रुकुम पूर्वको सदुरमकाम रुकुमकोटको अनुग्रह ए.जी एफ एन चर्चको अग्रसरतामा मध्यपहाडी लोकमार्गको नाला सफाई गरिएको छ । रुकुमपूर्व खण्ड स्थिति मध्य पहाडी छेउमा रहेको झरणा होटेल र अनुग्रह एजी एफ एन चर्च हुदै सिस्ने गाउँपालिका वडा नम्बर ५ को टाकुरा जाने कच्ची सडक खण्डसम्म शनिबार सरसफाइ गरिएको हो ।

साप्ताहिक संगति सकिए लगत्तै मध्य पहाडी लोकमार्ग को नालामा रहेको ढुङ्गा, पलास्टिक, झाडी तथा नालामा फालिएका विभिन्न फोहोर वस्तुहरु नालाबाट निकाली नाला सफा गरिएको रुकुमेली इसाई जवान संगति रुकुमपूर्वका उपाध्यक्ष तथा अनुग्रह एजी एफ एन चर्च रुकुमकोट रुकुमपूर्वका पास्टर रुवेन विश्वकर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नालामा धेरै फोर तथा पानी जाने ठाउँ नभई ठुलो पानी पर्दा नाला भरिएर सडकमा पानी पस्दा दुर्घटना हुने सम्भावना हुने भएपछि नाला सरसफाइ गरिएको हो । चर्चले विभिन्न काल खण्डमा विभिन्न सामाजिक कामहरु सरसफाइ, विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण जस्ता काम पनि गर्दै आइरहेको छ ।

मध्य पहाडी एक राष्ट्रिय गौरव को सडक सञ्जाल हो । यसले सिङ्गो नेपाललाई जोडेको छ । तर मध्य पहाडी सडक खण्डको विभिन्न ठाउँहरुमा अघिल्लो वर्षमा खसेको पहिरो र नालिमा भरिएको फोहोर अझै सफा हुन सकेको छैन ।।
समाचार स्रोत ः समावेशी मिडिया

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button