रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको निधन

रोल्पा, २७ असार ।। स्तुती प्रशंसा चर्च रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको ७३ वर्षको उमेर निधन भएको छ ।


त्रिबेनी गाउँपालिका गरगरे रोल्पामा स्थापना भएको स्तुती प्रशंसा चर्चका पास्टर जंग बहादुर बुढा मगरको विहिबार बिहान ४ बजे दाङको घोराही स्थित गोरखा अस्पपतालमा उपचारको क्रममा निधन भएको हो ।


स्तुती प्रशंसा चर्च स्थापना र रोल्पाका विभिन्न ठाउँमा चर्च स्थापनामा पास्टर जंग बहादुर बुढा मगरको अतुलनीय योगदान रहेको छ । पञ्चायतकाल र जनयुद्ध जस्ता संर्घषसील समयमा पनि पास्टर जंग बहादुर बुढा मगरले आफ्नो विश्वास र मण्डलीलाई स्थिर रहन उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।


उपचारकोक्रममा दाङको घोराहीमा निधन भएका पास्टर जंगबहादुर बुढामगरको प्राथिव शरीरको अन्तिम श्रद्धान्जली सभा त्रिबेनी गाउँपालिका रोल्पामा आज नै गरिने पास्टर सुनील बुढा मगरले जानकारी दिनुभयो ।

पास्टर सुनील बुढामगरले भन्नुभयो, “पास्टर जंगबहादुर बुढामगर रोल्पा जिल्लाको ऐतिहासिक पास्टर हुनुहुन्छ । मण्डली स्थापना, चेला निर्माण र सुसमाचारमा उहाँको अतुलनीय योगदान रहेको छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button