विपत व्यवस्थापनमा ख्रीष्टियन समुदायको भूमिका के ?

देशभर अविरण वर्षात्मक मौषम सक्रिय हुँदैछ । देशभरका प्रमुख सडकहरु अबरुद्ध भएका छन् । बाढीको कारण तराई डुबानमा परेको छ भने पहाडमा पहिरो गएको छ । धेरै जनाले ज्यान गुमाएका छन् । धेरैको परिवार बाढी पहिरको कारण विस्तापित भएको छ । राजनीतिक उतारचडावको कारण नेपाल सरकार उद्धारमा जति खटिनुपर्ने हो त्यति खटिन सकिरहेको छैन ।


अब यस्तो विपतको समयमा ख्रीष्टियन समुदायको भूमिका के रहन्छ भन्ने मुख्य हो । ख्रीष्टियनहरु भनेको सहयोगी हुन्छन् भन्ने सन्देश देशमा फैलाउने समय यो हो । त्यसकारण नेपालभरका चर्चहरु आफ्ना क्षेत्रमा बाढी–पहिरोबाट प्रभावितहरुको उद्धार र सहयोगमा खटिनु आवश्यक छ । आफूले सतर्कता अपनाउँदै उद्धारमा खटिनु र विस्तापितहरुलाई सहयोग गर्ने अभियान देशभरका चर्चहरुले चलाउनुपर्छ ।


कतिपय चर्चहरुले आफ्नो चर्चका युवाहरुलाई विपत व्यवस्थापनमा खटिनको लागि आह्वान गरिरहको अवस्था छ । यो समयमा हामीले निरन्त प्रार्थना र विस्तापित परिवारलाईं सहयोग गर्नु आवश्यक छ । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाहरुका इसाई समाजले सहयोग र उद्धारको अभियान चलाउँदा राम्रो हुन्छ । हामीले गरेको उद्धार र सहयोग भनेको प्रेम मात्र होइन, यो त एउटा आशिषत सुसमाचार हो ।


हामीले सुसमाचार सुनाउँनको लागि सडकमा जानुपर्छ भन्ने छैन । हामीले सुसमाचार सुनाउनको लागि ट्राक्स बाँड्नपर्छ भन्ने पनि छैन । हाम्रो सबै भन्दा महत्वपूर्ण सुसमाचार भनेको विपतमा एकले अर्कालाई सहयो गर्नु र पीडितहरुको पक्षमा चिन्ता गर्नु हो । त्यसकारण देशभरका सबै इसाई संघसंस्था तथा व्यक्तिहरुले विपत व्यवस्थापनको लागि सहभागी हुन सक्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button