शनिबार संगतिपछि चर्चमा बसेकी थिइन् मृतक धनजिता बुढा

रोल्पा, २ भदो २०८१
रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. २ मुलपानीमा एक वर्ष अघिदेखि बेथल चर्च रोल्पाको शाखा चर्च स्थापना भएको थियो । सेवा संगतिका लागि मण्डलीका सदस्यहरु चर्च भवन निर्माणमा जुटेका छन् । अहिले मुलपानीमा बेथल चर्चको नयाँ भवन निर्माण हुँदैछ ।


हिजो शरिबार संगति हुने भएकाले चर्चका सबै सदस्यहरु मिलेर टिनको अस्थायी चर्च भवनमा परमेश्वरको आराधाना गरे । उमेरले ७० वर्ष पुगेकी धनजिता बुढा शनिबार घर नगएर चर्चमा नै बसिन् । चर्चका अरु सदस्यहरु पनि चर्च भवन निर्माणको लागि खटिएको कारण चर्चको काम गरेर चर्चमा बस्थे ।


चर्चको सदस्यहरु भवन निर्माणको कामको लागि कहीलेकाँहीमात्र चर्चमा बस्ने गरेको बेथल चर्चका सदस्य दिपक पुनले जनाउनुभयो, “उहाँले भन्नुभयो, बन्दै गरेको चर्च भवनमा त्यति क्षति भएको छैन तर अस्थायी रुपमा निर्माण गरेको भवन भने पहिरोले पुरेको छ । ७० वर्षकी धनजिता बुढाको पनि पहिरो कारण मृत्य भयो ।”


आइतबार विहान करिब ४ बजे अस्थायी चर्च भवनको माथिबाट पहिरो आएर रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही शनिबार चर्चमा बसेकी बस्दै आएकी धनजिता बुढा मगरको मृत्यु भएको हो ।


पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौमा घर्ती मगर घाइते भएकी छन् । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको प्रहरी निरीक्षक बराकोटीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button