संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन

ललितपुर, १९ भदौ ।। ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन् भएको छ । आज मंगलबार मण्डलीमा एक कार्यक्रमको आयोजना गरी संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन भएको हो ।


रोजगारीको लागि ईजरायल पुगेकी माया सुनुवारले इजरायलमा करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपालमा पनि उहाँले मण्डली स्थापना गरी पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ ।


इजरायलमा हुँदा लामो समयसम्म नेपालीहरुको बीचमा सेवकाई गरेकी पास्टर माया सुनुवारले नेपाल फर्केपछि पनि आफ्नो जीवनलाई परमेश्वरको काममा समर्पण गर्ने निर्णयपछि उहाँले मण्डली स्थापना गरी सेवा सुरु गर्नुभएको हो ।


रोजगारीको लागि इजरायलमा हुँदा पास्टर माया सुनुवारले नेपालीहरुलाई विभिन्न क्षेत्रमा सेवा पुर्याउनुभएको थियो । नेपालबाट इजरायलमा गएका नेपालीहरुलाई सहयोग गर्नेदेखि नेपालमा बाढी पहिरो लगायत अन्य विभिन्न समस्यामा परेका नेपालीहरुलाई समेत मण्डलीले सहयोग गर्ने गरेको थियो ।


आज मंगलबार चर्च उद्घाटन कार्यक्रममा परमेश्वरको बचनबाट रेभ. पास्टर ज्योति कुमार सुनुवारले परमेश्वरको बचनबाट बोल्नुभएको थियो भने, काठमाण्डौँ उपत्यकामा रहेका विभिन्न चर्चका महिला पास्टरहरुले समेत आथित्यता रहेको थियो ।


मण्डली उद्घाटन कार्यक्रममा पास्टर माया सुनुवारले मण्डलीप्रति दिएको योगदानको प्रशंसा गर्दै अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button