‘संसारको नियम’ नामक ख्रीष्टियन म्यूजिक भिडियो सार्वजनिक

कात्तिक, ६ काठमाण्डौँ ।। ख्रीष्टियन समुदायको विश्वासलाई केन्द्रित गरी निर्माण गरिएको संसारको नियम नामक ख्रीष्टियन म्यूजिक भिडियो सार्बजनिक भएको छ ।


संसारको नियम र ख्रीष्ट येशूको प्रेमबारे भिन्नता दर्शाउन खोजेको उक्त म्यूजिक भिडियो सोमबार ग्रेस पेलेट्फर्म नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।https://www.youtube.com/watch?v=S68Lxh4Fcnk


डेविड जेम्सको शब्द रचना र रोशन सेवकको निर्देशनमा निमार्ण भएको म्युजिक भिडियोमा मुख्य कलाकारहरु रोशन सेवक, प्रभा राना अजय कुमार सिन्तान रहनुभएको छ । डेविड जेम्सको यो छैटौँ प्रस्तुती रहेको छ ।


सार्बजनिक भएको म्युजिक भिडियोमा ख्रीष्टको राज्यमा कुनै प्रकारको जातिय र बर्गीय विभेद हुँदैन भन्ने सन्देश दिएको छ । भिडियोमा बैभाहिक जीवन पछि श्रीमान र श्रीमतीमा आएका बेमेलमा ख्रीष्टको प्रेमले एकले अर्कालाई क्षमा दिन सकिन्छ भन्ने सन्देस दिएको छ ।


म्यूजिक भिडियोको छायाङ्कन विनोद सापकोटाले गर्नुभएको छ भने भिडियो सम्पादन बन्देप्रसाद ज्यूले गर्नुभएको छ । त्यस्तै भिडियो कलरीङको रुपमा प्रविन रहनुभएको छ ।

https://www.youtube.com/watch?v=S68Lxh4Fcnk

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button