सबै धर्मले दसैँलाई सद्भावको पर्वहको रुपमा हेरौँ

नेपालमा वर्षात रोकिए लगतै विभिन्न चाडपर्वहहरु सुरु हुन्छन् । नेपालमा हिन्दु धार्मिक समुदायको बाहुल्यता भएका कारणले नेपालको प्रमुख पर्वहरु दसैँ र तिहार हुन् । दसैँ र तिहारको रौनक सुरु भएको छ । नेपालीहरु दैसैँ र तिहारमा रमाइरहेका छन् । विशेषगरी हिन्दु नेपालीहरुको महान पर्वह दसैँ र तिहार भएको कारण दसैँ हिन्दु धर्मग्रन्थसँग पनि जोडिएको छ ।


दसैँ हिन्दु धार्मिक समुदायको महान पर्व भएपनि यस पर्वको सम्मान सबै धार्मिक समुदायले गर्नुपर्छ । धार्मिक आस्था अलग भए पनि भाइचारको सम्बन्धलाई दसैँको मौकामा प्रघाट बनाउनुपर्छ । दसैँ र तिहारमा सरकारले लामो छुट्टी दिएको कारणले पारिवारिक जमघट हुनेगर्छ । त्यसकारण ख्रीष्टियन, मुस्लिम, शिख लगायत अन्य धार्मिक समुदायका व्यक्तिहरु पनि दसैँको सम्मान गर्दै आफ्नो आस्थालाई कायम राखी भाइचाराको सम्बन्धलाई बलियो बनाउनुपर्छ ।


व्यक्तिले जुन धर्मममा आस्था राखेता पनि नेपालमा बसोबास गर्ने सबैको पारिवारिक सम्बन्ध छ । दसैँ र तिहारमा धार्मिक आस्था टाढा रहेपनि पारिवारिक सम्बन्ध नजिक हुन्छ । एउटै परिवारमा पनि फरक धर्ममा आस्था राख्ने व्यक्तिहरु भएको कारणले दसैँको पनि सम्मान गर्दै सम्बन्ध बलियो बनाउनुपर्छ । पारिवारिक सम्बन्ध बलियो बनाउँनको लागि दसैँमा ख्रीष्टियनले टिका लगानुपर्छ भन्ने छैन, मुस्लिमले मन्दिरमा पूजा गर्नैपर्छ भन्ने छैन । आफ्नो धार्मिक आस्थालाई कायम राखि खानपान र एक अर्कालाई सहयोग गर्न सकिन्छ ।


नेपालमा विभिन्न धार्मिक समुदायको बसोबास रहेको कारणले एकले अर्काको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ । धार्मिक सद्भावले देस बन्छ । पारिवारिक सम्बन्ध बलियो भएमा हाम्रो सफल हुन्छौँ । धर्मको नाममा तँ ठूलो र म सानो भन्नु हुँदैन । हामी सबैले एकले अर्काको आस्थालाई सम्मान गर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button