सरकारले डाेजर लगाएर ढालेकाे ख्रीष्टिय चर्च ४ वर्षपछि ठडियाे ।

असार ९ / ( २०८०) बाकेँ
नेपालगञ्जकाे नयाँ वस्ती ख्रीष्टिय चर्चलाई बिद्यालयकाे स्वामित्वकाे जग्गामा पर्छ भनेर बाँके प्रशासन र स्थानीय वडा सरकारले २०७७ माघ ६ गते डाेजर लगाएर भत्काएकाे ४ बर्षपछि नयाँ भवन बनेकाे छ  ।

सरकारले डाेजर लगाएर चर्च तहसनहस बनाएकाे स्थानीय सरकारले चर्चकाे लागि उपलब्ध गराउने बाचा गरे पनि सरकारले चर्चकाे लागि एक पैँसा पनि सहयोग गरेन । सरकारकाे बाचा बाचामै सिमित भयाे । देशविदेमा भएका विश्वासीकाे सहयोगले चर्च ठडियाे ।

पास्टर दिनेश श्रेष्ठ, पास्टर मिलन राेकाय लगायत केहि अन्य व्यक्तिहरु सहित मिलेर २०६४ साल बैशाख २५ गते स्थापना भएकाे नयाँ वस्ती ख्रीष्टिय चर्च बिस्तारै फैलिदै गएकाे थियाे । विश्वासीहरु थपिदै गएका थिए ।

स्थानीय चर्चकाे भनाई अनुसार  किनेर प्रयाेग गरेकाे एैलानी जग्गालाई  बिद्यालयले हामीलाई थाह नदिएर अाफ्नाे नाममा बनाएपछि नयाँ वस्ती ख्रीष्टिय चर्च कानूनी रुपमा कम्जाेर भएकाे थियाे ।

स्थानीय सरकारले चर्च त्याँहबाट हटाउन चाहेपनि सभ्य रुपमन त्यहाँबाट हटाउन सकिन्थ्याे तर धार्मिक अास्था जस्ताे पवित्र संरचनालाई असभ्य तरिकाले प्रहरी समेत सहभागी भएर डाेजर चलाउदा चर्च सदस्यहरुलाई नरमाइलो लाग्ने नै भयाे ।

चर्चमा डाेजर लगाएपछि खैलाबैला मच्चियाे । बाँके प्रशासन ,वडा  र पालिका सरकारले चर्चकाे लागि जग्गा दिन्छु त भन्याे तर अाश्वासनमा नै सिमित भयाे । स्थानीय सरकारमा जग्गाकाे लागि दिनदिनै हारगुहार गरे त सहयाे पाइने छाँटकाँट नै देखिएन ।

चर्च भत्केपछि देश विदेशबाट धेरै विश्वासीहरुकाे सहयाेगले पहिलेकाे भन्दा राम्राे  चर्च भवन निर्माण भयाे । चर्च भत्काएपछि खुल्ला अाकासकाे छानामुनि संगति गरिरहेका नयाँ वर्ष ख्रीष्टिय चर्चका सदस्यहरु अहिले चर्च भवन  बनिसकेपछि निकै खुसी हुनुहुन्छ ।

देशभित्र तथा बाहिरका बिश्वासीहरुकाे सहयाेगले अाफ्नै जग्गामा नयाँ भवन निर्माण भएर अाज उद्घाट भएकाे छ । बाँके जिल्लाका विभिन्न चर्चका विश्वासीहरुकाे सहभागीता रहेकाे चर्चकाे उद्घाटन बाँके जिल्ला इसाई समाजका अध्यक्ष धन बहादुर पाण्डेले गर्नुभएकाे हाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button