सामुदायिक रेडियो भरोसाको औपचारिक प्रसारण सेवा सुरु

दिपक पुन
दाङ, ३० भदौ ।। लुम्बिनी प्रदेश दाङस्थित भरोसा सामुदायिक सेवाद्धारा संचालित सामुदायिक रेडियो भरोसा १०४.९ मेगाहर्जले गत शुक्रवारदेखि आफ्नो प्रसारण सेवा विधिवतरुपमा संचालनमा ल्याएको छ ।


उक्त कार्यक्रम सामुदायिक रेडियो भरोसाका अध्यक्ष सन्त बहादुर घर्ती मगरको सभाध्यक्ष तथा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको हो । गत भाद्र ११ गते देखि १६ गतेसम्म आधारभुत तालिम प्रदान गरि भाद्र १७देखि परिक्षण प्रसारण रहेको रेडियो शुक्रवार एक औपचारिक कार्यक्रम मार्फत घोराही उपमहानगर पालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो । उहाँले नयाँ संचालनमा आएको रेडियोको व्यानर पढनुका साथै स्टूडियोको रिवन काटी समुदघाटन गर्नुभएको हो ।

समुदघाटन कार्यक्रममा रेडियोबाट नेपालको राष्ट्रियगान वजाउनुका साथै उप महानगरपालिका प्रमुख चौधरीले रेडियो प्रसारण सेवा निरन्तरताको शुभकामना मन्तव्य रेडियो बाटै प्रत्यक्ष प्रसारण मार्फत दिनु भएको थियो ।
पहिलो पटक प्रदेश सरकारले सामुदायिक रेडियोलाई स्वीकृती दिन पाएको र यस रेडियोले समाज रुपान्तरणमा प्रमुख भूमिका निर्वाह गर्न सक्ने कुरामा आफु विश्वस्त रहेको पनि वताउनु भएको थियो ।


उद्योग वाणिज्यसंग घोराहीका प्रमुख, पत्रकार विभिन्न रेडियोमा कार्यरत स्टेसन प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षानिकायका प्रतिनिधि, इसाई धर्मका धर्मगुरुहरु तथा अन्य विभिन्न निकायबाट समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्यसंघका प्रमुख बसन्त जोशीले अहिलेको परिप्रेक्षमा विभिन्न व्यापार तथा व्यवसायहरु बन्द भईरहेको अवस्थामा पनि भरोसा सामुदायिक सेवाले आँट गरेर सामुदायिक रेडियो संचालन ल्याउन सकेकोमा बधाई दिदैं आगामी दिनमा रेडियोले समाजको निम्ति संचारको माध्यमबाट सकरात्मक भूमिका निर्वाह गर्न सकोस भनेर शुभ कामना समेत दिनुभएको थियो ।

साथै उपस्थित अतिथिहरुले अहिलेको सूचना संचार र प्रविधिको युगमा रेडियो एक सशक्त संचार माध्याम भएको भन्दै रेडियोले सामुदायिक मुद्दाहरु उठाई समाज रुपान्तरण गर्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरामा जोड दिनुभएको थियो।
मानव विकास तथा सामुदायिक सेवाको सहयोगमा संचालित रेडियो भरोसा सहित नेपालका ६ प्रदेशमा आफनो एफ.एफ.को संख्या ६ पुगेको छ । आगामी वर्ष गण्डकी प्रदेशमा समेत सातौं रेडियो सुरुवात गर्ने तयारीमा रहेको रेडियोका संयोजक विजय कुमार मानन्धरले जानकारी बताउनुभएको थियो ।


सम्पुर्ण कार्यक्रमको प्रसारण रेडियोबाट प्रत्यक्ष गरिएको थियो। कार्यक्रम सन्चालन रेडियो भरोसाका संचालन समितीका सचिब पिटर बुढा मगरले गर्नुभएको थियो । कार्यक्रम भरोसा सामुदायिक सेवाका अध्यक्ष शन्त घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button