सेवकाइको लागि व्यवसायमा सक्रिय पास्टर नारायण भगत

काठमाण्डौँ २१ असार ।। काठमाण्डौँको दक्षिणकाली नगरपालिकाको चाल्नखेलमा प्रियर टावर चर्च छ । त्यहि प्रियर टाउर चर्चका पास्टर हुनुहुन्छ नारायण भगत । पास्टरीय सेवकाईमा लामो समदेखि सक्रिय रहनुभएका नारायण भगत चर्चको सेवकाई सँगै अन्य सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ ।


चर्चको पास्टरीय सेवकाई सँगै नयाँ जीवन अपांग तथा निरन्तर प्रार्थना सेवा समेत सञ्चालन गर्नुभएको छ । हाल १५ जना शारीरिक रुपमा समस्या रहेका व्यक्तिहरुले निरन्तर रुपमा प्रार्थना गरिरहनुभएको छ । पास्टर नारायण भगतका अनुसार शारीरिक रुपमा समस्या रहेका १५ जनाले निरन्तर देशको राजनीतिक,सामाजिक र अन्य विभिन्न विषयमा चौविसै घण्टा प्रार्थना गरिरहन्छन् ।


सेवाकाईको लागि पास्टर नारायण भगतले मःम तयार गरेर बजारमा बेच्नुहुन्छ । विभिन्न होटल तथा पसलबाट अडर आए अनुसार पास्टर नारायण भगत आफै मोटरसाइकलमा मःम पु¥याउँन समेत जानुहुन्छ । पास्टर नारायण भगतले भन्नुभयो, “हाम्रो कोदोको मःम पाईन्छ । कोदोको परिकार छ । अडर अनुसार हामी पु¥याउँन जान्छौँ ।”


पास्टर नारायण भगतले मःम मात्र नभएर लोकल कुखुरा पालन समेत गरेको बताउनुभयो । “आफूले गरेको व्यवसायबाट सेवकाईमा मदत पुग्ने उहाँको भनाई छ । काठमाण्डौँ बाहिरबाट कोही काठमाण्डौँमा आएर केही दिन बस्नेको लागि होम स्टे पनि उहाँले सञ्चालन गर्नुभएको छ । यसरी नै उहाँले विभिन्न माध्यमबाट आर्थिक जोह गरेर सेवकाईमा लगानी गर्नुभएको छ ।


यदी कोही समूह मिलाएर प्रियर टावर चर्चमा गएर बस्न र प्रार्थना गर्न सक्ने पास्टर नारायण भगतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोही प्रार्थना गर्नको लागि प्रियर टावर चर्चमा आउनुहुन्छ भने स्वागत छ । देशको समस्या तथा अन्य विभिन्न विषयमा प्रार्थना गर्न सकिन्छ । शारीरिक रुपमा समस्यामा रहेका व्यक्तिहरुले निरन्तर प्रार्थना गरिरहनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button